Breaking News

गायक प्रेमध्वज प्रधानको निधन

 

काठमाडौं । बरिष्ठ संगीतकार एवं गायक प्रेमध्वज प्रधानको निधन भएको छ । बिहीबार करिब १ः४५ मा उनको न्यूरो अस्पतालमा उनको निधन भएको हो । सास फेर्न गाह्रो भएको र छातीमा समस्या देखिएपछि उनलाई बिहान अस्पताल पुर्याइएको थियो । अस्पतालमा उपचारको क्रममा उनको निधन भएको उनका छोराको साथी सबिन श्रेष्ठले बताएका थिए ।

‘सास फेर्न गाहे भएपछि उहाँलाई बिहान अस्पताल लगेका थियौ सविनले भने ः अहिले केही समय अगाडि निधन भएको छ । श्रेष्ठले कोरोना रिपोर्ट समेत नेगेटिभ आएको सविनले बताए ।

विसं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट जन्मिएका उनको घरमै सांगीतिक माहोल थियो । उनको जिजुबाजे नारायण कृष्ण प्रधान र बाजे उत्तरध्वज प्रधान शास्त्रीय संगीतका गहिरो रुची राख्थे ।

उनको घरमा दिनहुँ जसो सांगीतिक कार्यक्रमहरू भइरहन्थ्यो । यसैको प्रभावको कारणले उनको पनि संगीत प्रति रुची बढेको हो । एक समयका निक्कै चर्चित र स्टाईलिस गायकका रुपमा समेत परिचित प्रधानका ‘घुम्तीमा नआउ है, तिमीलाई अचेल कहाँ देखुँ, गोरेँटो यो गाउँको, पर लैजाउ फुलहरू जस्ता थुप्रै हिट गीत अहिले पनि धेरै सुनिने गरिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

देउवासँगको भेटपछि नेपाल शीतल निवासमा

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास तर्फ लागेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवासँगको छलफलपछि बूढानीलकण्ठबाट उनी शीतल निवासतिर लागेको स्रोतले खुलाएको जानकारी प्राप्त भएको छ ।

Subscribe US Now