Breaking News

प्रेश काउन्सिललाई आत्मा सम्मान गर्ने व्यक्ति

सामाजिक संजालमा हजारौँ होलान आफनो प्रर्दशन गर्न चाहाने तर एक महिलाले आफ्नो धारणा यसरी राखेकी छिन जस्ताको तसतै

यो निर्णय एकदमै ठीक छ। किनभने मान्छे मरेको दृश्य, सामुहिक लासको जलाउँदै गरेको दृश्य, आफूसँगैको व्यक्ति कोरोनाले मरेको सयौँ समाचारले हामी अहिलेसम्म कोरोना नदेखिएका व्यक्तिको मनोविज्ञान त ठीक हुनसकेको छैन भने संक्रमण भएर उपचार गराउँदै गरेकाहरूको हालत के होला । यस्तो कारूणिक दृश्यले उनीहरूको मनोबल कति गिर्ला । मानिसहरू आत्मबलका कारण पनि बाच्न सफल हुन्छन्, आत्मबल गिरेर उनीहरूलाई यस्ता दृश्यले मृत्युको मुखमा पुर्याउन सक्छ तसर्थ हामी उनीहरूलाई मर्नेतर्फ होईन बाँच्न सकिन्छ भनेर आत्मबल बढाउने तर्फ केन्द्रित गरौँ । फोटो र भिडियो देखाएर आतंक फैल्याउने र मानिसलाई त्रसित बनाउनेलाई कारवाहीको दायरामा ल्याऔँ।

उहाँले नेपाल सरमारलाई यो कुरा पनि अपिल गर्नु भएको छ । जस्ताको तस्तै
नेपालीमा एउटा उखान छ जोगीको घरमा सन्यासी पाहुना, अर्थात् जो आफैँ उहीँ पीडामा गुज्रिरहेको छ उसँग के माग्नु भन्ने हो । त्यस्तै अब नेपाल सरकारले पनि अब चीनसँगको सहकार्य अगाडि बढाउनुपर्छ।भारत त बिचरा आफैँ महामारी नियन्त्रण गर्न नसकेर हात उठाउने स्थितिमा छ, तसर्थ हामीले उच्चस्तरीय वार्ता टोली गठन गरेर चीन सरकारबाट सहयोगका लागि पहल गर्नुपर्छ, अनि हामीलाई महामारीसँग लड्न केही सहज होला नभए भारतको अपेक्षा हामीले गर्न मिल्दैन, भ्याक्सिन खरिद वा के गर्ने हो त्यसका लागि चीन सरकारसँग पहल गरौँ। हुनत यहाँका नेताहरूलाई अहिले नागरिकको ज्यान भन्दा ठूलो कुर्सी छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोरोनाबाट एकै दिन २२५ को मृत्यु

कोरोनाबाट थप २२५ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो। यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको […]

Subscribe US Now