Breaking News

कोरोनाबाट एकै दिन २२५ को मृत्यु

कोरोनाबाट थप २२५ जना संक्रमितको मृत्यु भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सेनाले व्यवस्थापन गरेका शवसहित यस दिन २२५ मृतक थपिएका हुन्। एकै दिन थपिएको मृतक संख्या यो अहिलेसम्मकै उच्च हो।

यीसहित हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ४ हजार ८४ पुगेको छ। थप ९ हजार ४८३ जनामा कोरोना पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा २१ हजार ३१६ जनाको नमुना परीक्षण गरिएको हो। यस दिन ५ हजार २२५ जना निको भएका छन्। एकै दिन निको हुनेको यो संख्या पनि हालसम्मकै उच्च हो। हालसम्म ३ लाख १२ हजार १९ जना कोरोनाबाट निको भएका छन्। हाल देशभर ९७ हजार ८ जना सक्रिय संक्रमित छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

अनौँठो संसारमा के भनम र खोइ धोका दिनेलाई, राजनैतिक हस्तक्षप

काठमाडौँ । आजको परिस्थिती अनुसार समाज परिवर्तन यसरी भएको छ कि कोही कसैले एक अर्कालाई नचिनिने अवस्था छ । मानिसको जन्म भए पछि त्यस प्रति कुनै गुनासो छैन काल वा अन्त्य पकै छ, भन्ने कुरा कसैलाई प्रस्ट पारि नराख्नु पर्ला तर यस आपत कालिन छडिमा को– कसको सहयोग र साथ […]

You May Like

Subscribe US Now