Breaking News

अनौँठो संसारमा के भनम र खोइ धोका दिनेलाई, राजनैतिक हस्तक्षप

काठमाडौँ । आजको परिस्थिती अनुसार समाज परिवर्तन यसरी भएको छ कि कोही कसैले एक अर्कालाई नचिनिने अवस्था छ । मानिसको जन्म भए पछि त्यस प्रति कुनै गुनासो छैन काल वा अन्त्य पकै छ, भन्ने कुरा कसैलाई प्रस्ट पारि नराख्नु पर्ला तर यस आपत कालिन छडिमा को– कसको सहयोग र साथ दिने यर्थात खुलाउन सकिएको छैन ।जनमुदायहरुले आफ्नो गाँउ समाजको हित, उन्नती, प्रगति होस भनि निर्माणका लागि चुनेर पठाएका समाजसेवि जसमा राजनैतिक अविष्कारकहरु आफै–आफै लडि राखेका छन । के भन्ने, के सुन्ने, सुनाउने सत्य यर्थात सधै तितो नै हुन्छ । यस अवस्थालाई मध्यनजर गरी समाज कार्यमा होमिदै गरेका आजका १०० प्रतिशत भित्रका सामाजसेवि ३० प्रतिशत यूवाहरु मात्र हुन ।

केही समय यता सामाजिक संजालमा होमिएका एक कलाकार आफूलाई यहि जनताले माया, स्नेह, प्रेमका साथ यस स्थानमा पुर्याएका भन्दै आफनो तर्फबाट सक्दो आपतकालीन क्षेत्रहरुमा अघि बढिराखेका छन । यसै गरी आफ्ना कला क्षेत्रबाट सामाजिक कार्यमा होमियका धुमुस सुन्तली भनेर चिनिने सिताराम कटेलका परिवार पनि नेपाललाई नै नमुनाका रुपमा चिनाउन भनेर क्रिकेट मैदान निर्माण गर्नु तुलेका छन । तर उनले गरेका कार्यमा राजनैतिक पतन भइ रहेका चुतिया घुसखोरी व्यक्तिहरुको सहभागितामा बाधा अर्चन आउदै गरेको देख्न सकिन्छ । त्यहि पनि उनले हार खाएका पकै छैन्न ।

हामी बुझन सक्छौँ विगतमा यो कार्यमा नलाग्दा कहाँ गएका थिए यदि कृषि बिद्यालय निर्माण गर्नका लागि किन अघि बढन सकेन्न । यो कुरा प्रष्ट थाहा छ, जुन गोरुको सिङ छैन त्यहि गोरुको नाम तिखे भनेर त्यति कै भनेका होइन रहेछन हाम्रा अग्रज पूर्खाहरुले केहि आपत कालिन अबस्थालाई या त भोगेका भोगाइलाई माध्य बनाएर यस्ता खाल्का टुक्का उचारण गरि समाजका विश्वासका आधारमा चलाएका रहेछन ।

यहि विश्वासलाई आत्म सम्मान साथ प्रेरक उत्पादनशिल बस्तु, व्यक्तिमा आघात इगित भएको हुन्छ । विश्वासको कुनै सिमा हुदैन, एकले अर्कालाई आँखा चिम्लेर प्रेम गर्छ भने त्यो विश्वास दाहि हुन सक्छ । तर आज यो कहि कतै बाचि रहेकै छ, मरेको पकै छैन, हो यसै गरी समाजमा भएका घट्नाहरुलाई विश्लेषण गदै अघि बढौँ । आजको विश्वास भनेको राजनैतिक गर्ने व्यक्तिहरु प्रति रहेको छ । हिजो मलाई पर्दा सहयोग गरेका थिए भनेर ति बृद्ध बृद्धा परिवारका सन्तानले आँखा चिम्लेर भोट हाली राखेका छन । खोइ त्यहि भोटको सहि सदुपयोग भएको छैन ति कुराहरु सवैले आफ्नै नजरले टुलुटुलु परेर हेन बाहेक केहि गर्नका लागि सकिदैन ।

हिजो पालेको सन्तान जसलाई टुहुरो सोचेर आफ्नो दुध खुवाएको र आफुले खाई नखाई उसलाई आज यस स्थानमा पुर्याएको देख्दैन । आज उसले आफनो नेपाल आमालाई बदनाम गर्न तुलेका छन । के दोष थियो ? दोष यहि हो कि, नेपाली आमाको नालाएक कपुतहरुलाई जन्म दिनु, कर्म गर्नका निम्ति थलो दिनु या जन्माउनु, हुर्काउनु, बस्नको लागि बास्थान, कर्म गरेर खानाका लागि भूमि दिनु जसले सन्तानको भविष्य प्रति लाचार भई टुलुटुलु हेर्नु नै नेपाल आमाको ठूलो भुल थियो । यहि गल्तिले गर्दा आज आमाको ज्यान चुडि चुडि खान खोजि राखेका छन ।

हेरौँ माकुराको जीवन लिला जसले फुल बोकेर रात दिन नभनि कसैले अवरोध गर्ला, हावा हुरी, पानीले बगाइ दिएला जस्ता डर, त्रासका बाबजुत पनि अण्डालाई सुरक्षीत यता उता गरेर बोकेर हिडिरहेको हुन्छ । तर अन्त्य त्यसै गरी हुन्छ आफ्ना बच्चाहरु हुकार्उनका लागि आमाको त्याग, माया, मोह जसले गर्दा ति नाबालक बचेराहरुको उदय भई संसारमा घोलित हुन सकुन भनेर, यहि पिडा छ आज हाम्री नेपाल आमाको सन्तानको भविष्यमा कुनै आच नपरोस् भनेर विभिन्न दुख, कष्ट, घाम, पानी केहि न भनी सन्तान जन्मायौँ, हुर्कायौँ, तर आज यहि आमाको जीवन लिला अन्त्य र दोधार पूर्ण भएको छ ।

समयको परिवर्तनसगै परिवर्तन भएका ति कपुतहरुले तिम्रो हिफाजत गर्लान भनेको त अझ खोक्रो बनाइ राखेका छन तिम्रो जीवन लिलामाथी धोका मात्र दिदै छन ।
समाज सरकारबाट संचालन हुनु पर्ने हो तर सरकार व्यक्ति विचको भाग वण्डाबाट अघि बढ्दै जाने यर्थाथ सत्य छ । कहिलेसम्म यस्तो खेल खेल्छौँ हे देशका नालाएक कपुत हो अब त केहि सिक विगतका समयमा आफ्नो देश बनाउनका लागि खनिएका ति यौँदाकालहरुको त कदर गर । यदि त्यति पनि गर्न सक्दैनौँ भने चुप लागेर बस, महेशपाल, किराल, लिच्छवि, मल्ल र शाहकालका यौद्धाबाट त केहि सिक अनि तिमिहरुले आफ्ना आउने सन्ततीहरुलाई पनि उदाहरण दिन सक्छौँ ।
के थाहा फेरी तिमीहरु प्रति समाजका ति निमुखा जनताहरुले एक चोटि फेरी साथ दिन्छन कि, किन कुविचार मात्र अघि साछौँ । जनताको विचार जित, कुरुप सौलिले होइन कति आशमात्र दिन सक्छौँ, देखाइ देउ अब यो हो परिवर्तन भनेर, किन लड्छौ एकै देशका एउटै आमाका सन्तानहरु आखिरमा लडेर के पायौँ । पायौँ त केबल एकलौटि यस र आराम तर तिमिमा कुनै धैरेता छैन, कुनै विश्वास छैन भने कसरी जित्छौ यहाँका चार करोड जन्ताको मन, हुन त के भनौँ हाम्रा जनताहरु पनि उस्तै छन ।

समाज एक छ, फुलबारी अनेक थरी थरिका फुल फुलेका छन । कुन फुल टिप्ने भनेर अनौँल भए पर्छ सबै मेरो भन्न खोज्नेहरुका लागि गर्न केहि सकिन्न । यसै समुदाय भित्र पनि त्यसै प्रकारका मानिसहरु फेला नर्पान भन्न सकिन्छ । मानिसहरुमा कसैप्रति भावनात्मक स्नेह, प्रेमको कदर छ भने केहीमा हिंसा, हत्या जस्ता जघन्य अपराधको बाहुलियता भरिएको छ ।
के भनम र खोइ धोका दिनेलाई
धोका विचका तरिका, सिमा पार गरी हिड्ने व्यक्तिलाई कसैले सम्झाउन सकिदैन । भनिन्छ, जीउदा जीवले नाटकिय सैलिमा मुत्यु भएको नाटक गर्छ भने, जति नै दुख गर्नु उ प्रतिको आश मार्नु बाहेक अरु कुनै विकल्प हुदैन । त्यसै कारण उखान नै होला मरेको एक धोतिले जीउदो नेपाली खान्छ भनेको, यस्तो विश्व नै चकित भइराखेको अवस्थामा पनि एक छिमेकि देशले एक आफनो छिमेकी देशलाई दयाको भावनाले मात्र हेर्ने गर्छ तर उसमा ठूलो स्वार्थ लुकेको हुदो रहेछ ।
जुन गोरुको सिङ छैन त्यहि गोरुको सिङ भएको, नाच्न नजान्ने तर आगान टेडो देख्ने हामी नेपाली सधै अरुको पक्षलाई लिएर झैझगडामा होमिने के यो सहि हो त, पत्याउन नै गारो छ ।
आज हामीले यो पनि देखि राखेका छौँ नेपालमा भएको कानुनको कुनै वास्था नरहने गरी एम. सी. सी पास गर्न खोज्दै छन, भोलिका सन्तानहरुको कुनै चिन्ता छ आजका भरौँटेहरुलाई आफु खाऊ, आफै गऔँ, भन्ने सोचले धनी धनी पुजीवादी, गरीब गरीब गाँउकै गाउँले गोठालो अनि विकास कसरी गर्न सकिन्छ ।
दुई गोरुको विचमा बाछाको मिचाई भएको छ । दुई देश विचको ईशाले हामी डरमा बस्नु परेको छ । दुई ढुङगाको विचमा हामी त तरुल हौँ जति खेर पनि किचिन सक्छौँ । यो आवास किन नभएको हाम्रा देशद«ोहीहरुलाई अझै यस्तो आपत कालीन अवस्थामा पनि एक अर्का विच लडेर बसेका छन ।
यो भुकम्प आउछ, रोगको महामारी छ त्यहि पनि अझै बुझदैन्न विश्व नै चकित भइराखेको अवस्थामा पनि देश भित्रका गोरु गोरुको जुधाइले बाछाहरुको मिचाई भइ राखेको छ । फेरी किन बुझन खोजी राखेका छैन्न विचमा रहेका भेडाहरुले हामी जनताहरुलाई यति सास्थि पनि भोगि राख्नु परेको छ भनेर, फेरि पनि उनिहरुको पछि लाग्नु बाहेक कुनै उपाए नभएको जस्तो गरि, हे यूवा हो हामी शिक्षित छौँ, हामीसँग सबधोक छ, गर्न आफैबाट खोज्ने गरौँ, पक्कै दिन आउछ । जोसँग शिक्षाको कमि, देशलाई कुन बाटो लग्दा अघि बढ्न सक्छ भनेर केहि थाहा छैन त्यहि पनि उसकै पछि पछि किन दौँडि राखेका छौँ । अब आफै एक हौँ जुट ठूला कुराको अन्त्य गर । गरेर देखाउ म÷ हामी के गर्न सक्छौँ ।
जनताको भलो गछौँ, जतचाका लागि नै मछौँ भनि जताहरुकै सहभागितामा उच्च मनोवल प्राप्त गरेका गन्ने मान्नेहरुले आफुलाई समाजसेवामा लागेका छौँ, केहि गछौँ भनेर अझै पनि पछि पर्न छोडेका छैन्न । उही गलत आशस्वसनले जनताहरुलाई उल्लु बनाइ राखेका छन र हामी जनताहरु पनि त्यस्तै धेरै कुरा बुझेर पनि पछि÷ पछि लागि राखेका छौँ ।

के भनम र खोइ धोका दिनेलाई

यस्तो आपतकालिन अवस्थामा नेपाल सरकार अघि बढ्नु पर्ने होइन र नत्र किन चाहियो सरकार, सरकार त हर कदममा दिगो विकास, दिगो आधार, दिगो पूर्वधार व्यवस्थापन गर्नका निति खडा गरिएको संरचना होइन र । तर पाइला पाइलामा सरकारमा गएका माफिहरुले नै नेपाल आमाको शरिरमा छिया छिया पारि लुछि राखेका छन । यस्तो घडिमा पनि गरीब जनताको आर्थिक पहँुच नहुदा अकाल्मै ज्यान गुमाउनु परेको छ ।
स्वास्थ्य, शिक्षा, भौतिक बस्तु सरकार स्वयमले आफ्ना देशका नागरीकहरुलाई व्यवस्थापनको बाटा खुलाई दिने हो तर भन्न केहि सकिन्न यस परिस्थितिमा कहिले जाने बैदेशिक भ्रमण गर्न अनि फर्केर आए पछि सुरु हुन्छ कुकुर सरि भुकाई, म मेरो देशलाई सुइजरल्याण, ग्रिन सिटि, फिलिम सिटि, घरघरमा खानेपानि, विद्युत, ग्यास, खाद्यन्न, पेट्रोल, डिजेलका पाइपद्दारा उपलब्ध गराइ दिन्छु तर खोइ आजसम्म विरामी भएका अशक्त भएका व्यक्तिहरुलाई स्वास्थ्य सिविरमा लग्न पनि सकेको छौन । हाम्रै दुखका पसिनाले किनेका गाडी चढ्ेर धाक, धकु देखाउदै हिडेका छन । के यो दिगो विकासको परिवर्तन तर्फको लक्ष्यण हो । कुनै समयमा आफैले आफैलाई नियाल्न बाधे भएका छन यहाँका गरीब जनताहरु, र आफैलाई व्यक्तिसोरुप नियाल्नु पनि पर्छ । विविध प्रश्नलाई नियाल्न पनि सक्नुपर्छ ।

के म त्यस स्थानमा भएको भए दिगो विकासको सोच राख्थे होला ?
के यहाँका मानिसहरुलाई पुजीवादी समाजबाट सामाजिक समाजबाद तर्फ फर्काउन सफल हुने थिए होला ?
के यी तीन तहलाई विश्व सामु नमुनाका फुलबारी बनाउन सफल हुन थिए ?
के विश्वलाई तिमि भन्दा म कुनै क्षेत्रमा पछि छैन, अब मलाई तिम्रो साथ र सहयोग त्यस स्थानमा आवश्यक पर्छ जुन सहल्लाकारका रुपमा मलाई सिकाउ, म यहि आश राख्छु ।
के यो भन्न सक्थे होला यो स्वर्गलाई गिद्दे नजर र दृष्टि लगाउन छोड, म आफै सक्षम हुन सिक्ने छु , जति लडौँ फेरी उठ्ने छु । हामी आफनै देशमा शिक्षा, स्वास्थ्य, यातायात, रोजगार, खाद्यन्न, उद्योग लगाएत अन्य क्षेत्रहरुमा दिगो विकास गर्न होमिने छौँ ।
म र हामीको भावना फैलाउने प्रयास गर्ने छु , तर होस गर यदि तिमि आइलाग्न आऔँ भने म जाइ लाग्न पनि सक्छु , हामी कुनै कुरामा पछि छैनौँ भनेर ।

तिम्रो देशले मेरै देशको खाका लगेको हो । तिम्रा देशमा भए जति हामीसँग पनि छ । कमि छ त एउटै कुराको एकजुट अब त्यसमा पनि पछि छैनौँ । अब हामी र हाम्रा सन्तान बाच्छन । चाहिदैन तिम्रा छुट्टा यस र आराम हामी आफैमा विकास गछौँ, गराछौँ, गर्न सिकाछौँ, यस्ता विभिन्न तरिका अप्नाउछौँ । जे छोँ हाम्रै हालमा छोडी देऊ, हामी आफै लडेर उठने प्रयास जारी राख्छौँ ।

तर के भनौँ खोइ र धोका दिनेलाई

धोका दिनु पनि एउटा सिमा हुन्छ , तर यहा त आफ्नाले आफ्नालाई नै विश्वास जितेर अर्को पट्टि लात हान्ने गरेका छन । हामीमा चम्चे जिन्दगीको खोजी हुदै गए पछि भन्न सकिन्न । लेखियो, देखियो तर छेक्न भने सकिएन गलन आचारण सहिलिलाई कहिले कसरी परिवर्तन गर्न सक्छौँ ।

भनिन्छ नि देशका धरोहर नै यूवा हो भनेर तर कहाँ छन यूवा, केमा छन यूवा एउटा सरकार सोपान गर्ने व्यक्ति आफैमा असक्षम छ । त्यसैले शिक्षित यूवाहरुलाई गुलाम बनाउन खोजि राखेको छ । कहिले आउछ पालो, कहिले सक्छौ हामी भन्न म पनि शिक्षित र नेपाल मेरो देश चार जात छतिस बर्णका फुलबारी भित्र फुलेको फुल र हामी त्यसका माली भनेर अच्चम लाग्दो हो ति विकास प्रेमी दिगो सोच राख्ने यूवाहरुलाई किन यस देशमा जन्म लियौँ हामीले भनेर ।
विभिन्न कालखण्ड परिवर्तन हुदै गर्दा पनि त्यहाँको सरकार बलियो थियो । एकलौटी निति नियमन पारित गर्दै गर्दा पनि सबैले बरावरि अधिकार त पाएका थिए । तर आजको परिस्थिति दर्दनिय अवस्थामा छ । जसमा किरातकालमा जनतालाई अन्तिम न्याय दिने निकाय राजा हुन्थे । राजाले मन्त्रिलाई आदेश निर्वाह गरि अघि बढ्न आदेश हुन्थ्यो ।

लिच्छविकालमा आजको जस्तै कार्यपालिका, व्यवस्थापिका, न्याय व्यवस्थाको प्रावधानहरु थियो । यसैबाट लिच्छविकालमा न्याय र शासन व्यवस्था संचालन गर्ने गरिन्थ्यो । यस्ता विभिन्न कालखण्डहरु व्यवस्थापन हुदै गए तर जनताका विचार जनता स्वरुप काम गर्न हरपल काम अघि बढथ्यो । तर आज पछिल्ला समयहरुको दाजोमा स्थान त्यहि संरचना नयाँ न्याय निरुपण हिन्दु प्रशासन अनुसार तर व्यक्ति फरक हुदैँ गए पछि देशले कुन स्थितिको मुहार फेदै छ भनेर हेर्न सकिन्छ ।

भावुक्ता मानिसमा यति धेरै छ कि कहिले ठाउ आउला र पोख्यौँला भनेर बसेका छन । यस्ता प्रकारका विचार आउनु सोभाविक नै हो । यहि देशका माली अन्तिममा बैदेशिक तर्फ लाग्नु पर्छ रितो निराश र हात खाली लिई, अनि हुदै न त । लक्ष्मि प्रसाद देवकोटाले भनेका छन, मानिस ठुलो दिलले हुन्छ जातले होइन । मिठो मसिनो जे छ मिलेर खाऊ, सारो गारो जे छ मिलेर गर । कहिले हुन्छ मानिसमा परिर्वन, पकै यो असम्भव भइ सक्यो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

माथिल्लो तामाकोशी घाटामा

डिल्ली रिमाल, काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत आयोजनामा साढे ३ करोड घाटामा पुगेको छ । राष्ट्रिय गौरवको आयोजना रुपमा रहेको माथिल्लो तामाकोशी चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा ३ करोड ५० लाख रुपैयाँ नोक्सानीमा गएको हो । गत वर्ष पनि कम्पनी ४ करोड ४४ लाख रुपैयाँ नोक्सानीमा थियो । हाल आयोजनाको […]

You May Like

Subscribe US Now