Breaking News

नेपालमा एकै दिन सर्वाधिक संक्रमित थपिए, ५२२५ जना कोरोनामुक्त

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा मुलुकभरका विभिन्न प्रयोगशालामा गरिएको २१३१६ पीसीआर र एन्टिजेन परीक्षणका क्रममा मंगलबार थप ९ हजार ४ सय ८३ जनामा कोरोना संक्रमण देखिएको हो। नेपालमा पहिलो पटक संक्रिय कोरोना संक्रमितको संख्या ९७ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा ९४८३ संक्रमित थपिएसँगै नेपालमा सक्रिय कोरोनाका बिरामी ९७ हजार पुगेका हुन्।

मन्त्रालयका अनुसार मुलुकभरका ८७ वटा प्रयोगशालाबाट २०५९६ जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो। यस्तै, ७२० जनाको एन्टिजेन परीक्षण गरिएको छ। यस्तै, पछिल्लो २४ घण्टाको अवधिमा कोरोना भाइरसको संक्रमणबाट २२५ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

मन्त्रायका अनुसार नेपाली सेनाद्वारा गरिएको शव व्यवस्थापनको तथ्याङ्कको आधारमा कोभिड १९ संक्रमणबाट गत २४ घण्टामा उक्त संख्यामा मृत्यु भएको देखिएको हो।

यससँगै नेपालमा हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०८४ पुगेको छ।

पछिल्लो २४ घण्टाको अवधिमा ५२२५ जना कोरोना भाइरसको संक्रमणबाट मुक्त भएको मन्त्रालयले जानकारी दिएको छ। यो सँगै ३१२०१९ जना संक्रमण मुक्त निको भएका छन्।

मंगलबारसम्म देशभर ९७००८ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जानकारी दिएको छ।

तीमध्ये काठमाडौं उपत्यकाका तीन जिल्लामा सक्रिय संक्रमितको सङ्ख्या सर्वाधिक छ। सोमबार थपिएकासँगै नेपालमा हालसम्म कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ४१३१११ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेलम्ची नदीमा आएको बाढीले मेलम्ची खानेपानी आयोजनासम्म पुग्ने चार वटा मोटरेबल पुल बगाएको छ।

  मेलम्ची बजारदेखि हेडवर्क्ससम्म पुग्ने पुल बाढीले बगाएको आयोजनाका प्रवक्ता डिभिजनल इञ्जिनियर राजेन्द्र पन्तले बताए। ती चारमध्ये एउटा अम्बाथानको पनि छ। त्यसले सुरूङमा पानी पठाउनका लागि मद्दत गर्थ्यो। यी चार वटा पुल तुरुन्तै बनाउनु पर्ने देखिएको र आफूसँग त्यो क्षमता नरहेको आयोजनाको भनाइ छ। ‘हेडवर्क्ससम्म पुग्ने चार वटा पुल बगाएकाले […]

You May Like

Subscribe US Now