Breaking News

यूथ फर नेशनका टिमले सिन्दुपाल्चोक, हेलम्बुमा स्वास्थ्य शिविर सफल

परिवर्तन पकै नहुने होइन, जब यूवा यूवा समूह विचको समझदारी हुन सक्छ तब मात्र यो यूगमा देशको भलाकुसरी गर्न सकिन्छ । भनिन्छ विकास र विनाससगै आउछ, प्राकृतिक विपत्तिलाई रोक्न त सक्दैनौ तर त्यसले लागेको घाउमा मलम भने अवस्य लगाउन सक्छौँ ।

यूथ फर नेशन भित्र एकै किसिमका यूवा मात्र नरहेर विभिन्न क्षेत्रमा कार्यरक्त र विविध क्षेत्रमा आबद्ध यूवाहरुको एक सञ्जाल हो जसमा रकेट बनाउने, पानीवाट चल्ने गाडी बनाउने, रोबोट बनाउने, स्वास्थ्य सेवा दिने, सगरमाथा चढ्नेहरु र सामाजिक सञ्जालमा समाजसेवीका रुपमा अघि बढ्ने र नयाँ पिढिहरुलाई अघि बढाउने जीमेवारी बोकेर हिडेका यूवा हुन ।

यूथ फर नेशनका प्रमुख निकोलस भुसाल सामाजिक सञ्जाल मार्फत भन्नु हुन्छ कि यात्रा सजिलो थिएन, तर साथ दिन पाउदाको अनुभूति साएद शव्दले बयान गर्न पनि सकिदैन भन्नु हुन्छ ।

त्यसै गरी उपेन्द« ढुङ्गना भन्नु हुन्छ, हामीले पत्रपत्रिका र समाचारमा देखे अनुसार मेलम्चीको बाढीले ल्याएको विपतिको क्षेत्रमै पुग्दा प्रकृतिको एक भयानक रुप त देख्यौँ नै, तर हल्ला र वास्तविकता नि धेरै फरक पाएका छौ । त्यहा राहतको भन्दा स्वास्थ्य सुविधाको कमि र प्रकृति प्रति छेडखानि गर्दा नदीको बहाव परिवर्तन आएको प्रत्यक्ष देखेका छौ । यो कुरा भन्नु हुन्छ, प्राकृतिक बहावमा उचित योजना नबनाई हतार हतारमा कुनै काम नगर्नु जसले केबल काम लतार पतार होस ।

स्वास्थ्य क्षेत्रमा हामीले जानेको र आवश्यक सामाग्रीहरु लिएर मेलम्ची पुग्दा सारैनै दर्दनाक अवस्था थियो । तर हामीले हरेस खाएनौँ अझ नयाँ विचार र आस्थाका साथ हामी अघि बढेयौ । करिब ३० जनाको टिम थियो । हामीले आफ्नो शिविर सुरुवात सगै पिडित व्यक्तिहरुको मनमा मलम लगाउने प्रयास जारि रहयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आजदेखि उपत्यकामा बार तोकेर पसल सञ्चालन, निजी सवारीमा जोरबिजोर प्रणाली

काठमाडौँ उपत्यकामा निषेधाज्ञा थप खुकुलो पार्दै आजदेखि निजी सवारी साधनमा जोरबिजोर प्रणाली लागू गरिएको छ । उपत्यका प्रशासनले विभिन्न पसल बार तोकेर सञ्चालन गर्ने अनुमति दिएको छ । उपत्यकाका तीन जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारी सहित आइतबार बसेको संयुक्त बैठकले उक्त आदेश जारी गरेको हो । व्यावसायिक […]

You May Like

Subscribe US Now