Breaking News

यूएन मिशनमा धेरै सुरक्षाकर्मी पठाउने मुलुकको दोस्रो सूचीमा नेपाल

 

संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा धेरै सेनाको सहभागिता भएको मुलुकमध्ये नेपाल दोस्रो स्थानमा पुगेको छ । नेपाल यसअघि इथियोपिया भन्दा एक स्थान तल थियो । नेपाली सेनाका अनुसार गत अप्रिल सम्ममा सेना, प्रहरी र सशस्त्र गरी पाँच हजार ५ सय ७१ फौज सहभागी रहेका छन् । जसमध्ये २ सय ९४ जना महिला छन् ।

शान्ति मिसनमा सवैभन्दा धेरैे फौज बंगलादेशका छन् । दोस्रोमा नेपाल, तेस्रोमा भारत र चौँथोमा इथियोपिया फौज शान्ति मिसनमा खटिएका छन् । संयुक्त राष्ट्रसंघको १२ वटा शान्ति मिसनमा नेपाली फौज खटिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

  स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो । सिफारिस गरेका तीन जनाको नाममध्ये अब एक जनाको नाम […]

You May Like

Subscribe US Now