Breaking News

स्वास्थ्य सचिवको लागि ३ जनाको नाम सिफारिस

 

स्वास्थ्य सेवातर्फको सचिव नियुक्तिका लागि तीन जनाको नाम सिफारिस गरिएको छ । सोमबार सामान्य प्रशासन मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले स्वास्थ्य मन्त्रालयका ३ जना प्रमुख विशेषज्ञ डा. रोशन पोखरेल, डा. दीपेन्द्ररमण सिंह र महेन्द्रप्रसाद श्रेष्ठको नाम सिफारिस गरेको हो ।

सिफारिस गरेका तीन जनाको नाममध्ये अब एक जनाको नाम मन्त्रीपरिषद्को बैठकले स्वीकृत गर्ने छ । सिफारिस भएका तीन जनामध्ये श्रेष्ठको कार्यकाल भने दुई साता बाँकी छ भने डा. पोखरेल, डा.सिंहको कार्यकाल तीन वर्ष भन्दा बढी छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १२ औं तहका तीन प्रमुख विशेषज्ञसहित ११ औं तहमा ५ वर्ष समयावधि पुगेका स्वास्थ्य सेवाका अधिकारीहरुको नामावली मागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

११ राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय खारेज

  सरकारले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीका पालामा नियुक्त सिफारिस भएका विभिन्न ११ देशका राजदूत नियुक्ति खारेज गर्ने निर्णय गरेको छ। ओली सरकारले जेठ १ मा यी देशमा राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो। आज बसेको मन्त्रिपरिषद बैठकपछि पत्रकारहरूसँग बोल्दै सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले ११ राजदूत नियुक्ति खारेज गरिएको बताए। […]

You May Like

Subscribe US Now