Breaking News

कर नतिर्ने दरबारमार्ग, न्युरोड र नयाँ बजारका करदाताको घर-आँगनमा पञ्चेबाजासहित कामपा

तिर्नुपर्ने घरजग्गारसम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्धेश्यले काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामूलक कार्यक्रमलाई आज पनि निरन्तरता दिने भएको छ।

घरजग्गा र सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको महानगरपालिकाले सूचना निकाल्दा पनि अटेर गरेपछि यो चेतानामूलक अभियान सञ्चालन गरेको जानकारी दिएको छ।

‘हामीले पटक र पटक सूचना निकालेर करदातालाई कर बुझाउन आग्रह गरेका हौं,’ काठमाडौं महानगरपालिकाका राजस्व विभाग प्रमुख डा. शिवराज अधिकारीले भने, ‘हाम्रो आग्रह र सार्वजनिक सूचनालाई समेत अटेर गरेपछि हामी बाध्य भएर करदाताको कार्यालय तथा घर–आँगन परिसरमा पञ्चेबाजासहित कर बुझाउन चेतनामूलक कार्यक्रम गर्न बाध्य भएका हौं।’

उनले आज नयाँबजार, न्युरोड, दरबारमार्ग लगायतका स्थानका करदाताको कार्यालय परिसरमा पञ्चेबाजासहितको अभियान सञ्चालन गर्ने जानकारी दिए।

अधिकारीले कर बुझाउन आग्रहसहित असार १६ र साउन २४ मा सार्वजनिक सूचना प्रकाशित गर्दा समेत अटेर गरेपछि आजबाट कान्तिपुर होटल, शिशु अर्याल, होटल प्लाटिनियम, ह्वाइट फिल्ड स्कुल, रञ्जना ट्रेड सेन्टर, केशा पोपट्रिज प्राली, आरवी कम्प्लेक्सलगायतका स्थानमा आज पञ्जेबाजासहितको अभियान सञ्चालन गर्ने तयारी गरेको छ।

‘दोस्रो पटक सूचना निकालेको पनि करिब एक महिना पुग्न लाग्दा समेत उहाँहरूले सम्पर्क गर्न नचाहेपछि हामी रचनात्मक ढंगले करदातालाई कर तिर्न नैतिक दबाब दिने अभियान सञ्चालन गर्न बाध्य भएका हौं,’ अधिकारीले भने, ‘मौलिक बाजासहित समयमै कर तिरौं, असल नागरिकको परिचय दिऔं’ भन्ने नाराको ब्यानरसहित महिलाहरूको समूहले पञ्चेबाजा बजाएर नाचगान गरेपछि महानगरपालिकाले माइकिङ गरेर कर तिर्न आह्वान गर्छ।’

नाम सार्वजनिक गरिएका करदाताले करको विवरण, कर र जरिवाना नबुझाए भदौ २४ देखि सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्नेलगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गर्ने पनि अधिकारीले जानकारी दिए।

उनले यो अभियानसँगै कर बुझाउनुपर्छ भन्ने चेतना करदातामा बढेको बताए।

‘लामो समयदेखि कर नतिर्ने करदाता पनि यो अभियानपछि हाम्रो सम्पर्कमा आउनु भएको छ,’ उनले भने, ‘यो खुसीको कुरा हो।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

एमाले मोरङको समानान्तर कमिटी माधव नेपालको एकीकृत समाजवादीमा समाहित

एमाले विवाद उत्कर्षमा पुगेका बेला गठन भएको मोरङ एमालेको समानान्तर कमिटी शनिबार नेकपा एकीकृत समाजवादी मा समाहित भएको छ। यसअघि शुक्रबार विराटनगर महानगर कमिटी समाजवादीमा समाहित भएको थियो। समानान्तर कमिटीको बैठकले चन्द्रवीर राई अध्यक्षतामा गठन भएको समानान्तर कमिटीले आफूलाई माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने निर्णय गरेको हो। मोरङमा ३२५ […]

Subscribe US Now