Breaking News

ग्याण्ड डिजाइन गरि अध्यक्ष माथि हमला भएकै हो त

मेलुङ गाँउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ माथि हमला गरि दुरव्यवहार गरेका छन् । बिपक्ष पार्टिका कार्यकर्ताले ग्य्राण्ड डिजाइन गरि अध्यक्ष श्रेष्ठको बढ्दो कदलाई धुलमिल गर्न सुनियोजित ढंङ्गबाट हातपात गरिएको हो ।

मेलुङ गाँउपालिकाका सडकहरु बन्दै रहेको अवस्थामा र बाँकी सडकहरुमा पनि कल्भड लगायत अन्य कामहरु भइरहेको थियो । बर्षाका कारण अबरुद्ध भएको कारण सडकमा केहि समस्या भएको हो । तर त्यस बिषयलाई अतिरन्जित रुपमा एक ब्यक्तिले अध्यक्ष माथि हमला गरि दुरब्यवहार गरिएको छ ।

बर्षादका कारण लामोसाँघु जिरी सडक खण्ड अहिलेसम्म बनिसकेको छैन । जुन बिषयमा कसैको आँखा गएको छैन तर राजनीतिक प्रतिशोधका कारण बन्दै गएको सडक माथि नै नकारात्मक टिक्काटिप्पनी गरि अध्यक्ष माथि नै दुरब्यवहार गरिनु कानूनी राज्यको ढाडो हस्तक्षेप हो ।

बन्दै गएको सडकमको बिषयमा कुरा निकालि जनप्रतिनिधि माथि गरिएको साङ्घातिक हमलाको बिरुद्ध गाँउपालिकाले कानूनी उपचार खोजीने गाँउपालिकाका प्रबक्ता हिरा थोकरले समय सान्दर्भिकलाई जानकारी गराउनु भयो । उहाँको भनाइ थियो, बर्षादका कारण पहिरो पन्छाउन केहि ढिलो भएकाले स्थानीय आक्रोसित भएका थिए । गाँउपालिकाका अध्यक्ष स्वयमले नै गाडिको ब्यवस्था गरि बिरामीलाई काठमाडौँ पठाएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कांग्रेसले परराष्ट्रमन्त्री राख्ने सहमति, भोलि पदाधिकारी बैठकपछि नाम तय गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। देउवाले बुधबार वा बिहीबार परराष्ट्र मन्त्री नियुक्त गर्नेछन्। परराष्ट्र मन्त्री नियुक्त गर्नेबारे मंगलबार सत्तारुढ गठबन्धनमा छलफल पनि भएको थियो। बालुवाटारमा साँझ भएको गठबन्धनको छलफलमा परराष्ट्र मन्त्री नेपाली काङ्ग्रेसले लिनेबारे सहमति भएको छ। तर, कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन। […]

You May Like

Subscribe US Now