Breaking News

कांग्रेसले परराष्ट्रमन्त्री राख्ने सहमति, भोलि पदाधिकारी बैठकपछि नाम तय गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्।

देउवाले बुधबार वा बिहीबार परराष्ट्र मन्त्री नियुक्त गर्नेछन्।

परराष्ट्र मन्त्री नियुक्त गर्नेबारे मंगलबार सत्तारुढ गठबन्धनमा छलफल पनि भएको थियो।

बालुवाटारमा साँझ भएको गठबन्धनको छलफलमा परराष्ट्र मन्त्री नेपाली काङ्ग्रेसले लिनेबारे सहमति भएको छ।

तर, कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन। काङ्ग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवाले परराष्ट्र मन्त्री कसलाई बनाउने छलफल गर्न बुधबार दिउँसो पदाधिकारी बैठक बोलाएका छन्।

स्रोतका अनुसार नारायण खड्का र सुजाता कोइरालामध्ये एक परराष्ट्र मन्त्री बन्ने सम्भावना छ।

प्रधानमन्त्री देउवानिकट स्रोतका अनुसार पदाधिकारी बैठकपछि बुधबार वा ढिलोमा बिहीबारभित्र परराष्ट्र मन्त्री नियुक्त गरिसकिनेछ।

अन्य मन्त्रीबारे भने बैठकले केही निर्णय गरेको छैन।

सार्क बैठकमा नेपालबाट प्रतिनिधिको रुपमा परराष्ट्र मन्त्री जानुपर्ने भएकोले मात्रै अहिले यो मन्त्री नियुक्त गर्ने सहमति भएको बालुवाटार स्रोतले बतायो।

बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, संघीय समाजवादीका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र कांग्रेस महामन्त्री पूर्णबहादुर खड्का थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

जेलभित्र ह्यान्डीक्राफ्ट्स सिकेका थिए, बाहिर निस्केपछि चरेस कारोबारमा गरे प्रयोग

२०७३ सालमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ काठमाडौंको सुन्धारा जेलबाट छुटे। १९ वर्ष जेल सजाय काटेर उनी छुटेका हुन्। आठ सय ५० ग्राम लागुऔषध हेरोइनसहित उनी २०५४ साल कात्तिक ३ गते पक्राउ परेका थिए। उनलाई अदालतले १५ वर्ष कैद र पाँच लाख […]

You May Like

Subscribe US Now