Breaking News

निको भए एक हजार ८३०, सक्रिय संक्रमित २१ हजारभन्दा बढी

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्।

पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ।

त्यस्तै, एक हजार ८३० संक्रमित निको भएका छन्।

संक्रमणबाट पछिल्लो २४ घण्टामा ५ जनाको मृत्यु भएको छ। अहिलेसम्म कोरोनाको संक्रमणबाट नेपालमा ११ हजार ५३ जनाको मृत्यु भएको छ।

यस्तै हाल २१ हजार ५२४ सक्रिय संक्रमित छन्।

यस्तै, काठमाडौं उपत्यकामा थप ४०२ कोरोना संक्रमित थपिएका छन्।

काठमाडौंका २६१ , ललितपुरका ९८ र भक्तपुरमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

वडामा अनिएमिता भएकै हो त, यर्थाथ के थियो

यर्थाथ के थियो, वडामा अनिएमिता भएकै हो त पवटि स्वास्थ्य चौकि अगाडि ढोकामा जम्मा भएको यो भिड कुनै झगडा परेर वा रमाइलो हेर्न जम्मा भएको भिड नभएर कोरोना भाइरस विरुद्धको खोप लगाउन आउनेको भिड हो । नेपाल सरकारले चिन बाट ल्याएको भेरोसिल खोप नेपाल अधिराज्यका विभिन्न स्वास्थ्य संस्था वा खोप […]

Subscribe US Now