Breaking News

वडामा अनिएमिता भएकै हो त, यर्थाथ के थियो

यर्थाथ के थियो, वडामा अनिएमिता भएकै हो त

पवटि स्वास्थ्य चौकि अगाडि ढोकामा जम्मा भएको यो भिड कुनै झगडा परेर वा रमाइलो हेर्न जम्मा भएको भिड नभएर कोरोना भाइरस विरुद्धको खोप लगाउन आउनेको भिड हो ।

नेपाल सरकारले चिन बाट ल्याएको भेरोसिल खोप नेपाल अधिराज्यका विभिन्न स्वास्थ्य संस्था वा खोप केन्द्रमा पठाएपछि पवटि स्वास्थ्य चौकीमा पनि सो खोप लगाउन आउनेको ठुलै भिड देखिन्थ्यो । ४० वर्ष भन्दा माथिका नागरिक र १८ वर्ष उमेर पूरा भएका विद्यार्थीहरुको लागि भनेर खोप पठाएपछि खोप लगाउनकै लागि यति धेरै मानिसहरु जम्मा भएका हुन ।

सुरुमा फाट्टफुट्ट मानिसहरु आए पनि दिउसो एक बजेतिर भने खोप लगाउन आउनेको ठुलै भिड जम्मा भएको थियो । यसरी स्वास्थ्य चौकि अगाडि ढोकामा ठुलै भिड जम्मा भई सामन्य होहल्ला बढन थालेपछि नजिकै वडा कार्यालयमा रहनु भएका मेलुङ गाउँपालिका वडा नम्बर एकका वडा अध्यक्ष ईश्वर कोराला आफै आएर भिड नियन्त्रण गर्दै सबैको नागरिकता संकलन गर्दै सबैको पालो आउँछ न आत्तिकन बस्नको लागि सबैलाई सम्झाउँदै आज नभ्याएमा ,विद्यार्थी भाइबहिनीलाई भोलि वा अर्को पटक लगाउँला आज यहाँ आउनु भएका वृद्ध वृद्धा हरुलाई लगाएर पठाई दिउ भनेको सुनिन्थ्यो । वडा अध्यक्ष आउनु भन्दा अगाडि भने संकलन गरिएको नागरिकत एवम परिचय खुल्ने कार्ड भित्र संकलन गरेपछि संकलन गर्ने स्वास्थ्य कर्मचारीले भने मान्छे छानि छानि तलमाथि गरेको भन्ने बाहिर धेरै व्यक्तिको गुनासो सुन्न सकिन्थ्यो । चार पाँच जनाको संकलन हुदा दिएको नागरिकता १ सय ४० जनाको लगाउँदा पनि आफ्नो पालो नआएको खोप लगाउन आएका एक जनाले गुनासो गर्दै थिए ।

जिल्ला स्वास्थ्य कार्यलय चरिकोट बाट पवटि स्वास्थ्य चौकिलाई पठाएको ३०० डोज खोप मध्य २४३ जनालाई लगाएर बाँकि ५७ डोज खोप लुकाएर खोप लगाउन आएकालाई खोप सकियो भनेर पठाइयो भन्ने बाहिरि हल्ला चले पनि स्वास्थ्य चौकिका एच ए ब्बलु शााहाले भने यसमा कुनै पनि सत्यता नभएको र कुनै पनि खोप नलुकाएको र आाएको ३०० डोज खोप सबै आजै लगाइ सकिएको बताउनु भयो ।

टाढा टाढा देखि खोप लगाउन आएका धेरै व्यक्ति हरु खोप नपाएपछि त्यत्तिकै घर फर्कन वाध्य भएका छन । तर यस भन्दा अगाडिको खोपमा भने खोप सकियो भनेर सरकाले तोकेको उमेर समूह भन्दा बाहिरका केही आफ्नो नजिकका व्यक्ति लाई फोन गरेर बोलाएर लगाएको र खोप हुदा हुँदै पनि सकियो भनेर खोप नलगाई फिर्ता गरेको भन्ने कतिपयको गुनासो रहेको छ ।

https://www.facebook.com/photo?fbid=4261970393856378&set=a.163344097052382

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक उन्नतिको मूल आधार मेलमिलापले बनाउँछ हाम्रो सपना साकार भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले सहकारीलाई मुनाफा केन्दित मात्रै […]

You May Like

Subscribe US Now