Breaking News

हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारीको वार्षिक साधारणसभा भब्यताका साथ सम्पन्न

काठमाडौं । हाम्रो मेलमिलाप बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १४ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । आर्थिक उन्नतिको मूल आधार मेलमिलापले बनाउँछ हाम्रो सपना साकार भन्ने मूल नाराका साथ उक्त कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रमलाई सम्बोधन गर्दै कागेश्वरी मनोहरा नगरपालिकाका मेयर कृष्णहरि थापाले सहकारीलाई मुनाफा केन्दित मात्रै नभएर, समाजकेन्द्रित बनाउन पनि आवहन गर्नुभएको छ । कार्यक्रममा सहकारीका अध्यक्ष नेत्र धितालले सहकारीको प्रगति विवरण सावर्जनिक गर्दै सहकारी मुनाफा केन्द्रित मात्रै नभएर समाज केन्द्रित हुने पनि जानकारी दिनुभएको छ ।

सानो कोठाबाट सुरु गरेको सहकारी आज आफ्नै भवन किन्न सक्ने क्षमतामा पुगेको भन्दै खुसी व्यक्त गर्नुभएको छ । साथै, संस्था र समुदायको हितमा केन्द्रित रहेर देशको अर्थतन्त्रको सानो हिस्सा सुधारमा भूमिका खेल्ने उहाँको प्रतिबद्धता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You May Like

Subscribe US Now