राप्रपा केन्द्रीय सदस्य कार्कीको राजीनामा, कमल थापाको पार्टीमा जाने

  • प्रकाशित मिति : April 13, 2022
  • कान्तिपुर सञ्चार

राप्रपा केन्द्रीय सदस्य युवती कार्कीले पार्टीबाट राजीनामा दिएकी छिन्।

मंगलबार अध्यक्ष राजेन्द्र लिङ्देनलाई कार्कीले राजीनामा बुझाएकी हुन्।

भक्तपुरमा क्रियाशील कार्कीले साधारण सदस्यदेखि केन्द्रीय सदस्यसमेत नरहने गरी राजीनामा दिएको उल्लेख गरेकी छिन्।

पार्टी स्थापनाकालदेखि नीति, सिद्धान्त र संगठन विस्तारमा लागेकोमा हाल विविध विचलन देखिएको उनले राजीनामा पत्रमा दाबी गरेकी छिन्।

कार्की राप्रपा नेपालमा प्रवेश गर्ने तयारी गरेकी छिन्। राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीमा कार्कीलाई स्वागत गरेका छन्।