Breaking News

आज घोडे जात्रा , काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

चैत २९, काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार घोडे जात्रा पर्व मनाइँदै छ । जात्राको अवसरमा सरकारले काठमाडौं उपत्यकामा एक दिन सार्वजनिक बिदा दिएको छ । चैत्र कृष्ण औंसीका दिन मनाइने यो जात्राको अवसरमा नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गरेको छ । सो समारोहमा घोडचढीहरुले विभिन्न कला प्रदर्शन गर्दछन् । […]

‘मुटुभरीको माया’ मा प्रकाश र आभाको रोमान्स

काठमाडौं । गायक राजु केसी र गायिका रीना केसीको  अभिनय रहेको लोकगीत ‘मुटु भरीको माया’ सार्वजनिक गरिएको छ । राजधानीमा एक कार्यक्रमका बीच सार्वजनिक लय, शब्द शिव हमालको रहेको गीतमा एरेन्ज अर्जुन थापाले गरेका हुन् । गीतको भिडियोसमेत बनेको छ । जसमा प्रकाश सपुत र आभा थापाको रोमान्स देख्न सकिन्छ […]

श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना

तनहुँ । नारी दिवसका अवसरमा तनहुँको देवघाट गाउँपालिकाले श्रीमतीले श्रीमान् बोकेर दौडिने प्रतियोगिता आयोजना गर्ने भएको छ । एक सय एघारौँ नारी दिवसका अवसरमा गाउँपालिकाले यही फागुन २४ गते सो प्रतियोगिता गर्न लागेको हो । देवघाट–५ स्थित कालिका माध्यमिक विद्यालयमा उक्त प्रतियोगिता आयोजना हुनेछ । उक्त दौड एक सय मिटरको […]

गोर्खाली बहादुरीमा ‘गोर्खा वारियर’

काठमाडौं– गोर्खालीको बहादुर र वीरताको कथालाई चित्रण गर्न फिल्म ‘गोर्खा वारियर’ निर्माण हुने भएको छ । लन्डन सिनेआई प्रोडक्शनको प्रस्तुतिमा तयार हुन लागेको फिल्मको छायांकन फागुन २३ गतेबाट सुरु हुँदैछ । राजधानीमा मंगलबार आयोजित फिल्म घोषणा कार्यक्रममा निर्माता तथा निर्देशक मिलन चाम्सले विश्वभर गोर्खालीहरुको बहादुरीको चर्चा हुने स्मरण गर्दै त्यही चर्चालाई […]

मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७ सम्पन्न

फागुन १२, काठमाडौं । अन्तर्राष्ट्रिय मातृभाषा दिवस–२०२१ को उपलक्ष्यमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा युनेस्को काठमाडौंसँगको सहकार्यमा मातृभाषा राष्ट्रिय कविता महोत्सव–२०७७’ भव्य रुपमा आयोजना गरियो । महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति नन्दबहादुर पुनले मातृभाषाहरूको संरक्षण र संवर्धनमा राज्य र सबै पक्षले विशेष ध्यान दिनुपर्ने बताए । “हाम्रो मौलिक भाषामा भएको अतिक्रमणलाई स्विकार्न गाह्रो हुन्छ,” […]

रुबिना बनिन् बिग बोसको १४ संस्करणको विजेता

काठमाडौं । भारतको चर्चित रियालिटी शो ‘बिग बोस’को १४ संस्करण रुबिना दिलेकले जितेकी छन् । यससँगै उनले ३४ लाख भारतीय रुपैयाँको पुरस्कार पनि हात पारिन् । बिग बोसको फस्ट रनरअप राहुल वैद्य बने । रुबिना र राहुलबीच कडा टक्कर थियो । यद्यपि मत सर्वेक्षणहरुमा रुबिना नै अगाडि देखिइएकी थिइन् । […]

अभिनेत्री सुष्मा कार्की प्रहरी शरणमा

माघ २०,काठमाडौं । अभिनेत्री सुष्मा कार्कीले आफूमाथि कुटपिट र दुर्व्यवहार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । उनले स्वेता खड्काकी बहिनी आरती खड्का र युट्युबर उत्सव रसाइलीले कुटपिट र गालीगलौज गरेको आरोप लगाएकी छन् । आफुसँग सबै रेकर्ड भएको बताउँदै उनले आफूमाथि उत्सबले गालीगलौज गरेको र स्वेताकी बहिनीले कुटपिट गरेको […]

इलामका कोइरालासँग बिहे गर्दै गायिका अञ्जु पन्त

काठमाडौं । गायिका अञ्जु पन्तले बिहेको तयारी गरेकी छिन् । एक वर्षदेखि प्रेम सम्बन्धमा रहेका इलामका थिर कोइरालासँग उनको बिहे हुन लागेको हो । दुवैको परिवारमा बिहेको कुराकानी भइरहेपनि मिति भने तय भएको छैन । प्रेमी थिरले भने–‘हामीहरू एक वर्षदेखि प्रेममा छौ । तर तत्काल बिहे गर्ने, भव्य रूपमा गर्ने, […]

गायिका बिना भट्टराईको ‘चुलबुले कान्छी’ बोलको गीत बजारमा

kanti

काठमाडौं । गायिका बिना भट्टराईको नयाँ कौडा गीत बजारमा आएको छ । उनको ‘चुलबुले कान्छी’ बोलको गीत बजारमा आएको हो । अघिल्लो साता मात्रै उनको ‘सुन्तलाको फुल’ सार्वजनिक भएको थियो । बिनाको चुलबुले कान्छीमा गायक मीन गुरुङ, तेजेन्द्र दूरा र बबिता गुरुङले गायनमा साथ दिएका छन् । गीत रेशम गुरुङले […]

पिपल्स च्वाइज अवार्ड भलिवलकी अरुणालाई ।

पुस २८,काठमाडौं। भलिबलकी कप्तान अरुणा शाहीले पिपल्स च्वाइज अवार्ड जितेकी छिन्। सातदोबाटोमा मंगलबार भएको ‘एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड’ अन्तर्गत पिपल्स च्वाइज विधामा अरुणाले अवार्ड जितेकी हुन्। कप्तान अरुणाले पौडीकी गौरिका सिंह, करातेका मण्डेकाजी श्रेष्ठ, फुटबलकी सावित्रा भण्डारी र बास्केटबलकी सदिना श्रेष्ठलाई उछिन्दै अवार्ड जितेकी हुन्। २७ वर्षिया अरुणाले ३७.५२५ प्रतिशत […]

Subscribe US Now