Breaking News

हितेन्द्रदेव शाक्यले भने – मेरा कारणले विद्युत प्राधिकरण बद‍्नाम नहोस् ‘अन्याय गरे अदालत जान्छु,

अफगानिस्तानमा पछिल्लो समय भिडन्त, गोली हानाहान र बिस्फोटका समाचार आइरहेका छन्। अमेरिकी र अन्य नाटो राष्ट्रका सैनिकहरू फिर्ता भएपछि अतिवादी विद्रोही समूह तालिबानले अफगानिस्तानमा प्रभाव बढाउँदै लगेको छ। हरेक दिन नयाँ ठाउँमा उनीहरू कब्जा जमाइरहेका छन्। धेरै ग्रामीण इलाकामा नियन्त्रण जमाए पनि तालिबानहरूलाई सहरका सुरक्षाकर्मीलाई परास्त गर्न भने हम्मेहम्मे परिरहेको […]

यूएन मिशनमा धेरै सुरक्षाकर्मी पठाउने मुलुकको दोस्रो सूचीमा नेपाल

  संयुक्त राष्ट्रसंघीय शान्ति मिसनमा धेरै सेनाको सहभागिता भएको मुलुकमध्ये नेपाल दोस्रो स्थानमा पुगेको छ । नेपाल यसअघि इथियोपिया भन्दा एक स्थान तल थियो । नेपाली सेनाका अनुसार गत अप्रिल सम्ममा सेना, प्रहरी र सशस्त्र गरी पाँच हजार ५ सय ७१ फौज सहभागी रहेका छन् । जसमध्ये २ सय ९४ […]

इजराइलः धार्मिक आयोजनाका बेला भागदौड, ३८ को मृत्यु

इजराइलमा एक धार्मिक पर्वका बेला भागदौड मच्चिँदा दर्जनौंको मृत्यु भएको छ । सरकारले हालसम्म आँकडा जारी नगरेपनि एक स्थानीय पत्रिकाका अनुसार कम्तीमा ३८ जनाको मृत्यु भएको छ । यो पर्व इजराइलमा कोरोना महामारी सुरु भएपछि भएको हालसम्मको सबैभन्दा ठूलो आयोजना थियो जसका लागि हज्जारौं मानिस जम्मा भएका थिए । इजराइली […]

आजबाट पाँच देशका लागि नो अब्जेक्सन लेटर जारी गर्ने कार्य बन्द

  कोरोना संक्रमण बढेपछि सरकारले पाँच देशका लागि वैदेशिक अध्ययन स्वीकृति पत्र नो अब्जेक्सन लेटर जारी गर्ने कार्य बन्द गरेको जनाएको छ । सूचना जारी गर्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले जापान, अस्ट्रेलिया, दक्षिण कोरिया, बंगलादेश र चीनमा लागि स्वीकृति पत्र दिने कार्य बन्द गरेको जानकारी दिएको हो । कोरोना […]

सहभागी हुने, म्यानमारका सैनिक शासक आसियानको सम्मेलनमा

म्यानमारको जुन्ता सरकारका प्रमुख मिन आङ लाइङ दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको संगठन आसियानको सम्मेलनमा सहभागी हुने भएका हुन्। अप्रिल २४ मा इन्डोनेसियाको जकार्तामा हुने सम्मेलनमा उनी सहभागी हुन लागेका हुन्। जननिर्वाचित सरकारलाई च्युत गरेर फेब्रुअरी १ मा सत्ता हत्याएका सेना प्रमुख लाइङको कूपछि यो पहिलो विदेश भ्रमण हो। सैनिक कूपछि […]

बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु

लन्डन । बेलायतमा कोरोना संक्रमणबाट पछिल्लो २४ घन्टामा थप ४० जनाको मृत्यु भएको छ । गत अप्रिल ४ देखि अप्रिल १० सम्मको एक सातामा २५४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृतक संख्यामा भने अघिल्लो साताको तुलनामा कुनै परिवर्तन नआएको स्वास्थ्य विभागले जनाएको छ । योसँगै कोरोना संक्रमणका कारण बेलायतमा […]

क्वारेन्टिन बस्न नपर्ने, अष्ट्रेलिया(न्युजिल्याण्डको सीमा खुला

  २५ चैत, काठमाडौं । अष्ट्रेलिया र न्युजिल्याण्डले एकअर्काका नागरिकलाई क्वारेन्टिनमा बस्न नपर्ने गरी सीमा खोल्ने निर्णय गरेका छन् । न्युजिल्याण्डकी प्रधानमन्त्री ज्यासिन्डा अर्डनले मंगलबार उक्त निर्णय सार्वजनिक गरेकी हुन् । यो निर्णय अप्रिल १९ देखि कार्यान्वयनमा आउनेछ । गत अक्टोबरयता न्युजिल्याण्डका पर्यटकहरुलाई अष्ट्रेलियाका सबैजसो राज्यमा क्वारेन्टिन विना नै प्रवेशको […]

फ्रान्समा फेरि लकडाउन घोषणा, स्कुल तीन साताका लागि बन्द

  पेरिस, चैत १९, फ्रान्सका राष्ट्रपति एमान्युल म्याक्रोंले देशैभरि लकडाउन घोषणा गरेका छन्। कोरोनाभाइरसको संक्रमण फेरि तीव्र रूपमा फैलिन थालेपछि म्याक्रोंले बुधबार राष्ट्रिय टेलिभिजनबाट सम्बोधन गर्दै तेस्रो लकडाउनको घोषणा गरेका हुन्। शनिबार देखि लागु हुने लकडाउन कम्तिमा एक महिनासम्म रहनेछ। राजधानी पेरिस लगायत कोरोनाभाइरसको संक्रमण धेरै भएका केही स्थानमा यसअघि […]

नर्वेकी प्रधानमन्त्रीले जनतासामू मागिन् माफी

चैत, नर्वे । कोभिड–१९ नियन्त्रणका लागि आफ्नै सरकारले जारी गरेका नियम उल्लंघन गरेकी नर्वेकी प्रधानमन्त्री एर्ना सोल्वेगले माफी मागेकी छिन् । गत फेब्रुअरी २५ का दिन उनी ६०औं जन्मदिन मनाउन परिवारसहित नर्वेको राजधानी ओस्लो बाहिरको होल नगरपालिका पुगेकी थिइन् । उक्त नगरपालिका र केन्द्रले कोरोना नियन्त्रणको लागि निजी भेटघाट तथा […]

अमेरिकी विदेश र रक्षा मन्त्री जापान भ्रमणमा, चिनियाँ प्रभाव प्रति चिन्ता

टोकियो– अमेरिकी विदेश मन्त्री एन्टोनी ब्लिन्केन र रक्षा मन्त्री लोयड अस्टिन जापानको भ्रमणमा टोकियो पुगेका छन् । यो उनिहरुको पहिलो विदेश भ्रमण पनि हो । टोकियोमा जापानी विदेश मन्त्रीसँगको प्रारम्भिक चरणको वार्तापछि अमेरिकी मन्त्रीहरुले एसिया–प्रशान्त क्षेत्रमा अस्थिरता निम्त्याउने गरी चीनले अघि सारेका गतिविधिहरु स्वीकार्य नहुने चेतावनी दिए । चीनको प्रभाव बढ्दै […]

Subscribe US Now