Breaking News

महाधिवेशन तयारीबारे छलफल गर्न देउवाले बोलाए पदाधिकारी बैठक

प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन्। निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्नेछ। सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो। परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ। परराष्ट्रमन्त्री कसलाई बनाउने र आसन्न १४ औं […]

पार्टीले लिएका विचार र विधिमा ओली नचलेको नेपालको आरोप (राजनीतिक प्रतिवेदन सहित)

नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमाले र माओवादी केन्द्रबीच एकता भएको नेकपा केपी ओलीका कारणले नचलेको आरोप लगाएका छन्। मंगलबारदेखि शुरू भएको नेकपा एकीकृत समाजवादी को केन्द्रीय कमिटी वैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले ओली पार्टीले लिएका विचार र विधिमा नचलेको आरोप लगाएका छन्। ‘उनले पार्टीलाई नीति र विधि […]

कांग्रेसले परराष्ट्रमन्त्री राख्ने सहमति, भोलि पदाधिकारी बैठकपछि नाम तय गरिने

प्रधानमन्त्री शेरबहादुर देउवाले परराष्ट्र मन्त्री नियुक्त गर्ने तयारी गरेका छन्। देउवाले बुधबार वा बिहीबार परराष्ट्र मन्त्री नियुक्त गर्नेछन्। परराष्ट्र मन्त्री नियुक्त गर्नेबारे मंगलबार सत्तारुढ गठबन्धनमा छलफल पनि भएको थियो। बालुवाटारमा साँझ भएको गठबन्धनको छलफलमा परराष्ट्र मन्त्री नेपाली काङ्ग्रेसले लिनेबारे सहमति भएको छ। तर, कसलाई मन्त्री बनाउने भन्ने निर्णय भइसकेको छैन। […]

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा काठमाडौँ सम्र्पक समाजको बैठक सम्पन्न

राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा काठमाडौँ सम्र्पक समाजको बैठक सम्पन्न काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा काठमाडौँ सम्र्पक समाजको बैठक भाद« १२ गते राजधानी काठेश्वर स्थित बसिएको थियो । यस समाजका अध्यक्ष मोहोन कार्कीका अध्यक्षतामा बसेको बैठकले निम्न तपशिल बमोजिम छलफल गरेको प्रष्ट पार्नु भएको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी दोलखा […]

क्रियाशील सदस्यको नाम सार्वजनिक गर्दै जिल्लाहरूमा निर्वाचन अधिकृत खटाउँदै कांग्रेस

नेपाली कांग्रेसले क्रियाशील सदस्यको नामावली धमाधम पार्टीको वेबसाइटबाट सार्वजनिक गरिरहेको छ। सुरूमा ३८ जिल्लाको नामावली राखेको कांग्रेसको केन्द्रीय निर्वाचन समितिले अहिले ५३ जिल्लाका क्रियाशील सदस्यको नामावली प्रकाशित गरिसकेको छ। केन्द्रीय निर्वाचन समितिले निर्वाचन निर्देशिका २०७८ को दफा १ (ख) बमोजिम शनिबार थप पाँच जिल्लाको नामावली प्रकाशित गरेको थियो। नुवाकोट, धादिङ, चितवन, […]

राप्रपा केन्द्रीय समितिको विस्तारित बैठक बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय कार्य समितिको विस्तारित बैठक चैत्र १ गतेबाट राजधानीमा शुरु हुँदैछ । राप्रपाका केन्द्रीय सदस्य, ७७ वटै जिल्लाका अध्यक्ष, भातृ संगठनका अध्यक्ष र पार्टीका विभागीय समितिका प्रमुखहरुको सहभागिता रहने उक्त विस्तारित बैठकमा पार्टीले घोषणा गरेको शान्तिपूर्ण जनसंघर्ष, देशको समसामयिक घटनाक्रमलगायतका विषयमा छलफल हुने र आन्दोलनको […]

एमाले मोरङको समानान्तर कमिटी माधव नेपालको एकीकृत समाजवादीमा समाहित

एमाले विवाद उत्कर्षमा पुगेका बेला गठन भएको मोरङ एमालेको समानान्तर कमिटी शनिबार नेकपा एकीकृत समाजवादी मा समाहित भएको छ। यसअघि शुक्रबार विराटनगर महानगर कमिटी समाजवादीमा समाहित भएको थियो। समानान्तर कमिटीको बैठकले चन्द्रवीर राई अध्यक्षतामा गठन भएको समानान्तर कमिटीले आफूलाई माधवकुमार नेपाल नेतृत्वको समाजवादीमा समाहित हुने निर्णय गरेको हो। मोरङमा ३२५ […]

अफगानहरूलाई तालिबानले विमानस्थल जानै नदिने

अफगानिस्तानमा सत्ता कब्जा गरेका तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोकेका छन्। द गार्डियनका अनुसार तालिबानहरूले काबुलको हमिद कारजाई विमानस्थल पुग्ने सडक बन्द गरेका छन्। तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले भनेका छन् । काबुल विमानस्थलमा पुग्ने सडक बन्द गरिएको छ। विदेशीहरू यो बाटो प्रयोग गर्न सक्छन् तर अफगानीहरूलाई जान अनुमति छैन। तालिबानको […]

प्रदीप नेपाल पनि निर्वाचन आयोगमा

नेकपा एमालेबाट विभाजन भएर बनेको नयाँ पार्टी नेकपा एसमाजवादी दर्ताका लागि सनाखत गर्न सांसदहरू र केन्द्रीय कमिटी सदस्यहरू निर्वाचन आयोगमा पुगेका छन्। निर्वाचन आयोगमा सनाखत गर्न एमाले केन्द्रीय कमिटी सदस्य प्रदीप नेपाल पनि निर्वाचन आयोग पुगेका छन्। नयाँ पार्टी दर्ताका लागि निवेदन दिँदा माधवकुमार नेपालले नेपालको नाम केन्द्रीय सदस्यमा राखेका […]

म मुख्यमन्त्री हुनुमा दुवै नेताहरूको साथ छ: अष्टलक्ष्मी शाक्य

बागमती प्रदेशकी नवनियुक्त मुख्यमन्त्री एवम् नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले आफू पार्टी एकताको पक्षमा रहेको स्पष्ट पारेकी छन्। उपाध्यक्ष शाक्यले पार्टी एकता कार्यदलले तयार पारेको १० बुँदे सहमतिलाई कार्यान्वयनमा ल्याउने प्रतिवद्धता अध्यक्ष केपी शर्मा ओलीले गर्ने बित्तिकै नेकपा एमाले एकजुट भएर अघि बढ्ने विश्वास समेत व्यक्त गरिन्। नेकपा एमाले रामेछाप […]

Subscribe US Now