Breaking News

वडामा अनिएमिता भएकै हो त, यर्थाथ के थियो

यर्थाथ के थियो, वडामा अनिएमिता भएकै हो त पवटि स्वास्थ्य चौकि अगाडि ढोकामा जम्मा भएको यो भिड कुनै झगडा परेर वा रमाइलो हेर्न जम्मा भएको भिड नभएर कोरोना भाइरस विरुद्धको खोप लगाउन आउनेको भिड हो । नेपाल सरकारले चिन बाट ल्याएको भेरोसिल खोप नेपाल अधिराज्यका विभिन्न स्वास्थ्य संस्था वा खोप […]

निको भए एक हजार ८३०, सक्रिय संक्रमित २१ हजारभन्दा बढी

पछिल्लो २४ घण्टामा नेपालमा एक हजार ३३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुसार मंगलबार १३ हजार ६२२ जनामा कोरोना परीक्षण गर्दा सो संख्यामा संक्रमित थपिएका हुन्। पिसिआर विधिबाट ९ हजार ६ सय २६ जना र एन्टिजेनबाट ३९९६ जनाको परीक्षण भएको छ। त्यस्तै, एक हजार […]

जेलभित्र ह्यान्डीक्राफ्ट्स सिकेका थिए, बाहिर निस्केपछि चरेस कारोबारमा गरे प्रयोग

२०७३ सालमा नुवाकोट विदुर नगरपालिका वडा नम्बर १३ का ५२ वर्षीय सेसे भन्ने उर्पा तामाङ काठमाडौंको सुन्धारा जेलबाट छुटे। १९ वर्ष जेल सजाय काटेर उनी छुटेका हुन्। आठ सय ५० ग्राम लागुऔषध हेरोइनसहित उनी २०५४ साल कात्तिक ३ गते पक्राउ परेका थिए। उनलाई अदालतले १५ वर्ष कैद र पाँच लाख […]

ग्याण्ड डिजाइन गरि अध्यक्ष माथि हमला भएकै हो त

मेलुङ गाँउपालिकाका अध्यक्ष नरबहादुर श्रेष्ठ माथि हमला गरि दुरव्यवहार गरेका छन् । बिपक्ष पार्टिका कार्यकर्ताले ग्य्राण्ड डिजाइन गरि अध्यक्ष श्रेष्ठको बढ्दो कदलाई धुलमिल गर्न सुनियोजित ढंङ्गबाट हातपात गरिएको हो । मेलुङ गाँउपालिकाका सडकहरु बन्दै रहेको अवस्थामा र बाँकी सडकहरुमा पनि कल्भड लगायत अन्य कामहरु भइरहेको थियो । बर्षाका कारण अबरुद्ध […]

कर नतिर्ने दरबारमार्ग, न्युरोड र नयाँ बजारका करदाताको घर-आँगनमा पञ्चेबाजासहित कामपा

तिर्नुपर्ने घरजग्गारसम्पत्ति कर लगायत तिर्न अटेर गर्ने करदातालाई कर तिर्न रचनात्मक दबाब दिने उद्धेश्यले काठमाडौं महानगरपालिकालले पञ्चेबाजासहित उनीहरुको घर आँगन र कार्यालय परिसरमा चेतनामूलक कार्यक्रमलाई आज पनि निरन्तरता दिने भएको छ। घरजग्गा र सम्पत्ति कर लगायत तिर्न अटेर गर्ने ५२ करदातालाई ३० दिने सूचना दिएर नाम सार्वजनिक गरेको महानगरपालिकाले सूचना […]

बसमा एक महिलाको निधन, हार्दिक श्रद्धाञ्जली !

हार्दिक श्रद्धाञ्जली बहिनी ! दुनियाँको एक कहालीलाग्दो मृत्युले अत्यन्तै भावुक बनायो :- आफू सामान्य बिरामी भएको खबर कामले नेपालगन्ज गएका श्रीमानलाई पुर्‍याउछिन !,श्रीमानले गाउको मेडिकलमा उपचार गर्ने सल्लाह दिन्छन् !,निको नहुदा आफू यतै छु काखको बच्चा मात्र ल्याएर आउ यतै उपचार गरेर जाँउला भनी नेपालगन्ज बोलाउछन उनका श्रीमानले ! अब […]

रामपुरमा नागरिकता लिनेको घुइँचो

इलाका प्रशासन कार्यालय रामपुरमा नेपाली नागरिकता बनाउनेको घुइँचो बढेको छ। तीन महिनासम्म प्रमुखविहीन रहेको कार्यालयमा एक महिनाअघि जिल्ला प्रशासन कार्यालयबाटै टोली खटाएर सेवा दिन थालेपछि सेवाग्राहीको चाप बढ्न थालेको हो। त्यहाँबाट हाल दैनिक ७० देखि ९० वटासम्म नागरिकता वितरण हुँदै आएको छ। जिल्लाबाटै टोली खटाइएकाले मौका छोपेर सेवाग्राहीले नागरिकता बनाउने […]

झण्डै ९२ लाखसहित चार जना हुण्डी कारोबार गरेको आरोपमा काठमाडौंबाट पक्राउ

हुण्डीको कारोबार गरेको आरोपमा चार जनालाई प्रहरीले ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको छ। महानगरीय प्रहरी परिसर काठमाडौंले चार जनालाई ९१ लाख ९६ हजार रूपैयाँ नगदसहित पक्राउ गरेको प्रहरी उपरीक्षक रमेश बस्नेतले जानकारी दिए। उनीहरूलाई सोमबार काठमाडौं महानगरपालिका वडा नम्बर २२ गणबहाल क्षेत्रबाट पक्राउ गरेको हो। काठमाडौं १३ […]

कोभिडका बिरामीले भरिन थाल्यो अस्पताल

मेलम्ची विनाशको कारण बहुप्रकोप भएको दुई अध्ययनको निष्कर्ष कोभिड– १९ का सङ्क्रमित बढेसँगै जिल्लाका अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ। निषेधाज्ञासँगै न्यून हुँदै आएको दोस्रो लहरको सङ्क्रमण निषेधाज्ञा खुकुलो भएसँगै बढेको हो। यहाँको भरतपुर अस्पताल, बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेजमा कोभिडका बिरामीको […]

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ।

काठमाडौं उपत्यकामा थप सात दिन निषेधाज्ञा लम्ब्याइएको छ। काठमाडौंका तीन जिल्ला प्रमुखको मंगलबार बसेको बैठकले थप सात दिन निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो। पछिल्लो समय जारी निषेधाज्ञा बुधबार सकिँदैछ। सबै निर्णयहरू पहिलेकै कायम गरी निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए। पहिलेकै निर्णयहरूलाई कडाइका साथ […]

Subscribe US Now