दोलखा जिल्लामा राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र प्रवेश गर्नेको भिड

  • प्रकाशित मिति : March 28, 2022
  • कान्तिपुर सञ्चार

पछिलो केहि दिनको दौड धुपलाई मध्य नजर गर्दा राप्रपा भित्र हजारौँको संङख्यामा विभिन्न गाँउ समाजबाट यूवाहरुको घुइचो लागेको देखिन्छ । के साचिनै परिवर्तनको बाटो खोजेकै हो त यो नेपाली समाजले, समाज रुपान्तरण गर्नका निम्ति नै राप्रपा अघि बढेको हो । यो त अब आउदो बैशाख ३० ले नै देखाउने छ । राप्रपाले आफनो टोल टोल गााँउ गाँउका प्रत्येक गाँउपालिका भित्र गई आफनो चुनावी माहोल अघि बढाइरहेको प्रस्ट देखिन्छ ।
दोलखा जिल्लामा दिन प्रति दिन राप्रपा प्रवेश गर्नेको दौड बाजी हुदै गएको छ । के राजा आउ, देश बचाउ भन्ने अभियान आजको गणतान्त्रिक मूलुकमा लागु होला र । दैनिकि यात्रामा राप्रपाले आफनो सिट मजबुत बनाउदै गएको खुलासा गरेका छन । मेलुङ गाउपालिका भित्र आज पनि केहि कार्य समिति चयन गरि राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्ष राम बहादुर लामा ज्युको अध्यक्षतामा बसेको बैठकले बरिस्ठ उपाध्यक्ष कृष्ण बहादुर थापा, उपाध्यक्ष तेज बहादुर लकाई, सचिव शम्भु खड्का, सचिब रुद्र बहादुर गोले, कोषध्याक्ष सितादेवी भन्डारी, सहसचिव मोहोन बहादुर दाहाल, सहसचिव श्याम बहादुर तामाङ, सहकोषध्याक्ष मंगल तामाङ शेर्पा, सदस्य मोहोन लामा, सदस्य अक्कल बहादुर थापा, सदस्य राजु कार्की लगायतलाई राप्रपा मेलुङ गाउँपालिकाको कार्यसमितिमा मनोनीत गरेको छ । र तमाम यूवाहरुलाई प्रवेश गराएको छ ।