काठमाडौं
स्थानीय तहको निर्वाचनमा कतिपय स्वतन्त्र उम्मेदवारले प्रयोग गरेको चुनाव चिह्न ‘लौरो’ आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा भने ‘हाम्रो नेपाली पार्टी’ले प्राप्त गरेको छ । त्यसैले आसन्न निर्वाचनमा ‘लौरो’ चुनाव चिह्न कुनै पनि स्वतन्त्र उम्मेदवारले नपाउने भएको निर्वाचन आयोगले प्रस्ट पारेको छ ।
‘हाम्रो नेपाली पार्टी’ नाम गरेको दलले ‘लौरो’ चुनाव चिह्न पाएको तर सो पार्टीले दलीय चुनाव चिह्न लिएर पनि स्वतन्त्र उम्मेदवारकै रुपमा प्रचारप्रसार गरेको भन्दै आयोगले उक्त पार्टीका अध्यक्ष अनन्तराज घिमिरेसँग प्रष्टिकरण माग गरेको छ । आयोगले सोधेको प्रष्टीकरणमा भनिएको छ, ‘तपाईको दललाई प्रदान गरिएको निर्वाचन चिह्न लौरो तपाई दलको अध्यक्ष अनन्तराज घिमिरे लगायतका व्यक्तिहरुले स्वतन्त्र उम्मेदवारको रुपमा प्रचार प्रसार गरेको देखिएकाले के कुन आधारमा स्वतन्त्र उम्मेदवारको चिह्न हो भनी प्रचार प्रसार गर्नुभएको हो ?’