दोलखा । राष्ट्रिय प्रजातन्त्र पार्टीको दोलखा मेलुङ गाउँ कार्यसमितिका वरिस्ठ उपाध्यक्ष कृष्णबहादुर थापा, उपाध्यक्ष तेजबहादुर लकाई, सचिव शम्भु खड्का, सचिव रुद्र बहादुर गोले, कोषध्याक्ष सीतादेवी भन्डारी, सहसचिव मोहोन बहादुर दाहाल, सहसचिव श्याम बहादुर तामाङ, सहकोषध्याक्ष मंगल तामाङ शेर्पा, सदस्य मोहोन लामा, सदस्य अक्कल बहादुर थापा, सदस्य राजु कार्की लगायतलाई राप्रपा मेलुङ गाउँपालिकाको कार्यसमितिमा मनोनीत गरेको छ ।
मेलुङ गाउँ कार्यसमिति अध्यक्ष रामवहादुर लामाको अध्यक्षतामा वसेको वैठकले सो निर्णय गरेको हो । राप्रपा मेलुङ गाउँ कार्यसमिति वैठकमा प्रमुख अतिथि राप्रपा सहायक प्रवक्ता प्रविण थोकरले राप्रपा मुलुकको उदाउँदो शक्ति भएको र दोलखा जिल्लामा राप्रपाको संगठन सशक्त ढंगवाट अगाडि वढिरहेको वताए ।
उनले जिल्ला भरिनै स्थानीय निर्वाचनमा राप्रपाले उम्मेदवारी दिने र सशक्त प्रतिस्पर्धा गर्ने वताए । कार्यक्रममा काग्रेस,एमाले र माओवादी परित्याग गरि तीन दर्जन युवाहरू राप्रपामा समाहित भएका थिए । दोलखा जिल्लाको नेतृत्वको पहलमा र केन्द्रमा नयाँ नेतृत्व स्थापित भएपछि राप्रपामा प्रवेशको लहरै चलेको छ । उक्त अवसरमा राप्रपा वाग्मती प्रदेश सदस्य सुदिप गोले तथा राप्रपा जिल्ला सचिव रामवहदुर तामाङको समेत उपस्थिति रहेको थियो।