राष्ट्रिय प्रजातन्त्र पार्टी जिरी नगरपालिका समितिले आयोजना गरेको पूर्ण बैठक, मोनिका श्रेष्ठ

  • प्रकाशित मिति : April 5, 2022
  • कान्तिपुर सञ्चार

मोनिका श्रेष्ठका अनुसार राष्ट्रिय प्रजातन्त्र पार्टी जिरी नगरपालिका समितिले आयोजना गरेको पूर्ण बैठकमा सहभागी हुदै आजको राजनीति हाम्रो चुनौति नभएको तर दिगो बिकास प्रतिको अवसर हो भन्नु हुन्छ । त्यसै गरी नगरपालिका समितिका अध्यक्ष किरण खड्काको अध्यक्षतामा भएको कार्यक्रममा राप्रपा केन्द्रीय सहायक प्रवक्ता प्रविण कुमार थोकर तामाङ, केन्द्रीय सदस्य म मोनिका श्रेष्ठ, बाग्मती प्रदेश कमिटी सदस्य रामकाजि खड्का, जिल्ला अध्यक्ष राजनबहादुर शिवाकोटी, उपाध्यक्ष सूर्य बस्नेत, प्रदेश अध्यक्ष भरत उप्रेती, जिल्ला अनुशासन समिति संयोजक बलबहादुर तामाङ लगाएतले मन्तव्य राखेका थिए ।

बैठकले राप्रपा जिरी नगरपालिका निर्वाचन परिचालन समिति ९ वटै वडामा निर्वाचन परिचालन समिति गठन गरेको छ भने जिरी नपा वडा नं. ५ मा श्रृष्टि न्यौपाने कार्कीको घरमा नगरसमितिको कार्यालय राख्ने लगाएतका महत्वपूर्ण निर्णयहरू गरेको छ ।