असोज ९, रसिया ।
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले देशको सीमाना सुरक्षाका लागि आणविक हतियार प्रयोग गर्न तयार रहेको बताएका छन् । पुटिनको धम्कीपछि रूसले सानो वा सीमित दायराको रणनीतिक आणविक हतियारहरूको प्रयोग गर्ने चिन्ता गर्न थालिएको छ ।

ट्याक्टिकल आणविक हतियार भनेको के हो ?
ट्याक्टिकल आणविक हतियारभन्दा विपरीत स्ट्रयाटेजिक(रणनीतिक) आणविक हतियार भने ठूला हुन्छन् र लामो दूरीमा प्रहार गर्नका लागि उपयुक्त हुन्छ । ती भने हजारौं किलो तौलका हुन्छन् ।
तुलनामा अमेरिकाले १९४५ मा हिरोसिमामा खसालेको आणविक बम १५ किलो थियो ।
रुससँग कति छन् ट्याक्टिकल आणविक हतियार ?
अमेरिकी गुप्तचर सूचना अनुसार रुससँग करिब दुई हजार ट्याक्टिकल आणविक हतियार छन् । यी हतियारहरू विभिन्न प्रकारका मिसाइलहरूमा प्रयोग गर्न सकिन्छ । तीनलाई परम्परागत विस्फोटकहरू बोक्न प्रयोग हुने क्रुज मिसाइलहरू र आर्टिलरी शेलमा राखेर पनि प्रहार गर्न सकिन्छ ।
ट्रयाक्टिकल आणविक हतियारहरू विमान र युद्धपोतहरूबाट पनि प्रहार गर्न सकिन्छ । अमेरिको गुप्तचर जानकारी अनुसार रुसले हतियारको क्षमता र सटिक प्रहारको लागि ठूलो लगानी गरिरहेको छ ।
ट्याक्टिकल आणविक हतियार विगतमा कहिल्यै प्रयोग भएको छ ?
ट्याक्टिकल आणविक हतियारहरू हालसम्म कहिल्यै प्रयोग गरिएको छैन । अमेरिका र रुसजस्ता आणविक शक्ति राष्ट्रहरू युद्धको मैदानमा यो लक्ष्यहरू नष्ट गर्न निक्कै प्रभावकारी भएको विश्वास गर्छन् ।
तर हालसम्म कुनै पनि मुलुक यो हतियार प्रयोग गरेमा परमाणु युद्ध सुरु हुने डरमा तिनको प्रयोग गर्न इच्छुक देखिएका छैनन् ।
यद्यपि, हाल युक्रेनमा जारी युद्धमा रुसले ठूला रणनीतिक मिसाइल नभएर यी साना ट्याक्टिकल आणविक हतियारहरू प्रयोग गर्ने आकलन गर्न थालिएको छ ।
चथम हाउस थिंक–ट्याङ्क आवद्ध अन्तर्राष्ट्रिय सुरक्षा कार्यक्रमका प्रमुख प्याट्रिसिया लुइस यसबारेमा भन्छिन् ,‘सायद रुसीहरु यी हतियारलाई आणविक हतियारभन्दा तिनको परम्परागत शक्तिको रूपमा हेर्छन् ।’
पुटिनले आणविक हतियार प्रयोग गर्ने सम्भावना कति छ ?
युक्रेनमा आक्रमण गर्नुभन्दा केही समय अघि, राष्ट्रपति पुटिनले रसियाको आणविक अस्त्रहरुलाई युद्धको लागि तयार पार्न निर्देशन दिएका थिए । सेनाले आणविक अस्त्र प्रयोगको अवस्थाको युद्धा अभ्यास पनि गरेको थियो ।
अहिले आएर उनले पुन ‘देशको सिमाना खतरामा परेको अवस्थामा रूस र रुसी जनतालाई हर सम्भव तरिकाले जोगाउने’ धम्की दिएका छन् । यद्यपि, अमेरिकी गुप्तचर एजेन्सीले भने रुसी नेताका धम्कीहरुलाई आणविक आक्रमणको तयारीको संकेतको रूपमा नभई युक्रेनलाई सहयोग गरिरहेका पश्चिमी देशहरूलाई चेतावनीको रुपमा हेरे छ ।
अमेरिकाको वासिङ्टनस्थित कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेशनल पिसका आणविक विज्ञ जेम्स एक्टनले यसबारे बभने ,‘युक्रेनमा पुटिनका सबै मार्ग बन्द भएमा उनले आणविक हतियार प्रयोग गर्ने मेरो चिन्ता छ तर अहिले नै त्यस्तो स्थिति आईसकेको छैन ।’
आणविक हतियारको प्रयोगमा अमेरिका र नाटोले कस्तो प्रतिक्रिया दिनेछन् भन्न गाह्रो छ । अहिलेको लागि भने उ परिस्थिति अझ खराब बनेर आणविक युद्धको जोखिम नआयोस् भन्ने चाहेजस्तो देखिन्छ ।
स्रोत : बीबीसी