श्रीमानद्वारा श्रीमतीमाथि तेजाब प्रहार
- प्रकाशित मिति : March 7, 2022
-
कान्तिपुर सञ्चार
भक्तपुर,२३ फाल्गुण ।
भक्तपुरमा एक जना महिलामाथि तेजाब प्रहार भएको छ । सूर्यविनायक–४, दधिकोटकी ६० वर्षीया पूजा गुभाजुमाथि हानिकारक रसायन प्रहार भएको हो ।
जिल्ला प्रहरी कार्यालय, भक्तपुरका प्रमुख एसपी शिवकुमार श्रेष्ठका अनुसार तेजाब प्रहारबाट घाइते भएकी महिलाको उपचार भइरहेको छ ।
रसायन प्रहार गरेको अभियोेगका उनका श्रीमान् श्याम गुभाजु पक्राउ परेको श्रेष्ठले जानकारी दिनुभयो । घाइते महिलाको कीर्तिपुर अस्पतालमा उपचार भइरहेको छ ।