तीनकुनेका अनधिकृत संरचना हटायो काठमाडौं महानगरले

  • प्रकाशित मिति : September 11, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, भदौ २६

काठमाडौं महानगरपालिकाले तीनकुनेमा भएका अनधिकृत संरचनामाथि डोजर चलाएको छ।

फुटपाथमा अवरोध हुने गरी बनाइएका घरका भर्‍याङलगायत संरचना हटाएको काठमाडौंका नगर प्रहरी उपरीक्षक मनोज लामिछानेले जानकारी दिए।

व्यवसायीहरूले फुटपाथमा भर्‍याङ राखेर दोस्रो तलामा व्यवसाय सञ्चालन गर्दै आएका थिए। त्यस्तै कतिपय अनधिकृत संरचना पनि बनाएका उनले बताए।

‘त्यहाँ फुटपाथ मिचेर भर्‍याङ हालिएका कारण हटाइएको हो’, उनले‍ भने‍।

पछिल्लो समय महानगरले अनधिकृत रूपमा बनाइएका संरचना भत्काउने र नक्साविपरीतका संरचना हटाउने कामलाई तीव्रता दिँदै आएको छ।