पहिराले पृथ्वी राजमार्गको जामुने-खैरेनी सडक अवरूद्ध

  • प्रकाशित मिति : July 9, 2022
  • कान्तिपुर सञ्चार

असार २५, काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको म्याग्दे गाउँपालिका-४ स्थित तुरतुरेमा आज बिहान पहिरो खस्दा जामुने-खैरेनी सडक अवरूद्ध भएको छ।

शुक्रबार रातिदेखि परेको वर्षाले पहिरो खसेपछि पृथ्वीराजमार्गको उक्त खण्ड अवरुद्ध भएको हो।

सडकभन्दा माथिबाट पहिरो खसेपछि उक्त खण्ड दुईतर्फी रूपमा अवरुद्ध भएको प्रहरी नायब उपरीक्षक युवराज खड्काले जानकारी दिए।

सडक डिभिजन कार्यालयको समन्वयमा पहिरो हटाउने कार्य जारी रहेको उनले बताए।