प्रधानमन्त्री प्रचण्ड विश्वासको मत लिँदै

  • प्रकाशित मिति : January 10, 2023
  • कान्तिपुर सञ्चार

काठमाडौं, पुस २६

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज संसदबाट विश्वासको मत लिँदैछन्।

मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा शीर्ष नेताले सम्बोधन गरिरहेका छन्।

७ दलको समर्थनमा गत पुस १० गते नेकपा माओवादी केन्द्रका संसदीय दल नेतासमेत रहेका प्रचण्ड प्रधानमन्त्री नियुक्त भएका थिए।

संविधानको धारा ७६ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा प्रधानमन्त्री नियुक्त हुने व्यवस्थाअनुसार प्रचण्ड प्रधानमन्त्री बनेका थिए।

नेकपा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, राप्रपा, जसपा, जनमत र नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री बनाउन प्रचण्डलाई समर्थन गरेका थिए।

केही स्वतन्त्र सांसद गरी १६९ सां‌सदको प्रचण्डलाई समर्थन थियो।