फुजिमा आयलद्वारा ब्राण्डका उत्कृष्ट ब्यवस्थापनलाई बिधागत रुपमा सम्मान

  • प्रकाशित मिति : September 14, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं,  फुजिमा आयल कम्पनीले आफ्नो ब्राण्डका उत्कृष्ट ब्यवस्थापनलाई बिधागत रुपमा सम्मान गरेको छ ।
कम्पनिले भाद्र २४ गते काठमाडौको बालुवाटरमा एक कार्यक्रमका बिच आफ्नो ब्राण्ड र बजार बिस्तार गर्ने अधिकृत बिक्रेता, बजार ब्यवस्थापक तथा कार्यरत कर्मचारीहरुलाई सम्मान गरेको हो । बिगत ३ बर्ष भन्दा  अगाडी देखि एउटा घरेलु उद्योगको रुपमा स्थापना भई नेपाली बजारको लुम्ब्रिकेन्ट तथा ग्रिज लगायत पेट्रो केमिकलको उपलब्धता गराउँदै  आएको  फुजिमा आयल कम्पनिले संस्थाको बजार  बिस्तारलाई थप ब्यवस्थित बनाउन कार्यक्रम आयोजना गरेको जनाएको छ । बजारको आवश्यकतालाइ मध्यनजर गर्दै कम्पनिको उत्पादनलाई थप गुणस्तरिय  बनाउन योजना निर्माण गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संस्थाले बिज्ञप्ति मार्फत जानकारी दिएको छ ।

कम्पनीले शुक्रवार ‘एप्लिकेसन नेसनल सेल्स एण्ड मार्केटिङ अवार्ड’  कार्यक्रम भव्य रुपमा सफल भएको दावी गरेको छ । बालुवाटरमा आयोजित सो समारोहमा  उत्कृष्ट हुने अधिकृत बिक्रेता, बजार ब्यबस्थापक, कर्माचारीहारुलाइ  मुख्य कार्यालयका उच्च ब्यवस्थापकिय पदाधिकारीहरुबाट पुरस्कार बितरण गरिएको थियो । समारोहमा उपस्थित सबैलाई मायाको चिनो समेत बितरण गरिएको संस्थाले जनाएको छ  ।  कम्पनिबाट उत्पादिन प्रत्येक ब्राण्डका उत्कृष्ट बजार ब्यवस्थापीक कर्मचारी, उत्कृष्ट अधिकृत बिक्रेतालाई पुस्कृत गरिएको हो । पुरस्कृत हुनेमा कन्ट्रोल ब्राण्डबाट उत्कृष्ट अधिकृत बिक्रेता नेपालगणञ्जमा रहेको पोखरामा रहेको पाथिभरा सप्लायर्स हुन सफल भएको थियो । भने  रियल ब्राण्डमा उत्कृष्ट अधिकृत बिक्रेताको उपाधि आलम देवी सप्लायर्सले प्राप्त गरेको छ । यसैगरी, म्याजिक प्लस ब्राण्डबाट उत्कृष्ट अधिकृत बिक्रेताबाट बिराटनगरको भगवति ईन्टरप्राईजेज पुरस्कृत भएको छ ।

यसैगरी,कम्पनि बजार ब्यवस्थापकिय कर्मचारीहरुमा क्षेत्रिय बजार ब्यवस्थापक मध्येबाट कन्ट्रोल ब्राण्डमा कार्यरत प्रमोद कर्ण उत्कृष्ट हुन सफल भएका छन  भने एरिया सेल्स म्यानेजर मध्ये कन्ट्रोल ब्राण्डका सन्दिप शाह उत्कृष्ट घोषित भए । आयोजक संस्थाले उक्त पुरस्कार भन्दा पनि अब्बल पुरस्कार प्राप्त गर्नेमा ब्राण्डका अधिकृत बिक्रेता मध्य उत्कृष्ट बितरकमा पाथिभरा सप्लायर्स घोषित भएको जनाएको छ ।

२०५० सालमा घरेलु उद्योगका रूपमा स्थापना भएको फुजिमा आयल मुलुकमा मात्र नभई वैदेशिक बजारमा पनि आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ । कम्पनीले  नेपाली बजारलाई विदेशी बजारको तुलनामा थप प्रतिस्पर्धात्मक बनाउन फुजिमा आयलले काम  गरिरहेको  दावी गरेको छ । नेपालको लुब्रिकेन्टसको बजारमा फुजिमा आयलले ४० प्रतिशत हिस्सा ओगटेको कम्पनीको दाबी छ  ।