बागमती प्रदेश सभामा ७ सांसद जित्यो राप्रपाले, समानुपातिकतर्फ तेस्रो ठूलो दल

  • प्रकाशित मिति : November 27, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, मंसिर ११

राष्ट्रिय  प्रजातन्त्र पार्टीले बागमती प्रदेश सभामा ७ सिटमा जित हात पारेको छ।

निर्वाचन आयोगका अनुसार अहिलेसम्म मत परिणाम आएका ५६ सिटमध्ये ७ सिट राप्रपाले जितेको हो।

राप्रपाले जितेका सातमध्ये पाँच प्रदेश सभा सांसद काठमाडौंका हुन् भने दुई जना धादिङ र चितवनका हुन्।

समानुपातिकतर्फ पनि बागमतीमा राप्रपा अहिलेसम्म तेस्रो स्थानमा छ। बागमती प्रदेश सभामा १३ लाख ५१ हजार मत गणना हुँदा राप्रपाले २ लाख ४ हजार अर्थात् १५ प्रतिशत मत पाएको छ।

प्रतिनिधि सभातर्फ राप्रपाले प्रत्यक्षमा सात ठाउँमा जित हात पारेको छ भने समानुपातिकमा पनि चौंथो स्थानमा रहेको छ।