यी हुन् माओवादी उम्मेदवारले अग्रता लिएका १० क्षेत्र

  • प्रकाशित मिति : November 22, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, मंसिर ६

जारी मतगणनामा प्रतिनिधि सभातर्फ नेकपा (माओवादी केन्द्र) का १० उम्मेदवारले अग्रता लिएका छन्।

गोरखा- २ मा उठेका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ४८ सय ३२ मत ल्याएका छन्। त्यहाँ राष्ट्रिय स्वतन्त्र पार्टीका कविन्द्र बुर्लाकोटी १४२४ मतसहित दोस्रो स्थानमा छन्।

यता महोतरी-१ मा माओवादी केन्द्रका गिरिराजमणि पोखरेलले १७ सय ३३ मतले अग्रता लिएका छन्। उनलाई एमालेका लक्ष्मी महतोले १६९७ मतसहित पछ्याइरहेका छन्।

रोल्पामा माओवादी केन्द्रका उपाध्यक्ष वर्षमान पुन ४५ सय ५७ मतसहित अघि छन् भने एमालेका पुर्ण बुढामगर १८ सय ४६ मतसहित दोस्रो छन्। जाजरकोटमा माओवादी केन्द्रका शक्तिबहादुर बस्नेतले ३ हजार ५६ मत ल्याएका छन् भने एमालेका निरज आचार्यले २३ सय ८६ मत प्राप्त गरेका छन्।

सर्लाही-२ मा माओवादी केन्द्रका महिन्द्रा राय यादव ११ सय १३ मतसहित अघि छन् भने उनलाई लोकतान्त्रिक समाजवादी पार्टीका राजेन्द्र महतोले ८ सय ४२ मत ल्याएर पछ्याइरहेका छन्।

दाङ-२ मा माओवादी केन्द्रकी रेखा शर्माले ५३ सय ९६ मत सहित अग्रस्थानमा छिन्। त्यहाँ एमाले महासचिव शंकर पोखरेलले ४३ सय ६४ मत ल्याएका छन्।

मोरङ-४ मा माओवादी केन्द्रका अमनलाल मोदी अघि छन्। उनले ५ हजार ७ सय ९२ मत ल्याएका छन् भने एमालेका उम्मेदवार विनोदप्रसाद ढकालले ४१ सय ४९ मत ल्याएका छन्।

खोटाङमा पनि माओवादी केन्द्रकै अग्रता छ। त्यहाँ एमालेका विशाल भट्टराईलाई ७१ मतले पछि पार्दै माओवादी केन्द्रका रामकुमार राईले १४ सय ३१ मत ल्याएका छन्।

भोजपुरमा माओवादीका सुदन किराँतीले एमालेका शेरधन राईलाई पछि पारेका छन्। सुदन किराँतीले १९ सय ७२ मत ल्याउँदा शेरधनले १३ सय ७७ मत ल्याएका छन्।

सिन्धुली-२ मा माओवादी केन्द्रका लेखनाथ दाहालले ५ हजार ८ सय ३६ र एमालेका उम्मेदवार मनोज थापाले ४२ सय १ मत ल्याएका छन्।