रातभरको वर्षापछि काठमाडौंको फोहोरको दुर्दशा

  • प्रकाशित मिति : August 14, 2022
  • कान्तिपुर सञ्चार

साउन २९, काठमाडौं । काठमाडौं उपत्यकामा गएराती भारी वर्षा भयो । रातभरको वर्षाले बाटो छेउमा थुपारिएको फोहोर बगाएर सडक पेटी प्रदूषित बनाएको छ।

समय मै फोहर नउठ्दा सडक पेटीमा थुप्रिएको फोहोर पानीले बगाउँदा झनै प्रदुषण बढेको छ । यद्यपी काठमाडौं महानगरले भने अब फोहोर उठाउने कामले तीब्रता पाउने बताउँदै आएको छ ।