राप्रपाले अग्रता लिएका यी हुन् चार क्षेत्र

  • प्रकाशित मिति : November 24, 2022
  • कान्तिपुर सञ्चार

काठमाडौं, मंसिर ८

जारी मतगणनामा राष्ट्रिय प्रजातन्त्र पार्टीले एक स्थानमा जित निकालेको छ भने  चार स्थानमा अग्रता लिएको छ। बाँके २ मा धवलशमशेर राणा २९ हजार ५ सय ७७ मत सहित विजयी भएका छन्।

नवलपरासी बर्दघाट पश्चिम २  मा राप्रपाका ध्रुवबहादुर प्रधानले १५ हजार ८ सय ९० मतसहित अग्रता लिएका छन्। त्यहाँ कांग्रेसका देवेन्द्रराज कँडेलले ८ हजार ३ य ३९ मतसहित पछ्याइरहेका छन्।

जुम्लामा ज्ञानेन्द्र शाहीले १६ हजार १८ मतसहित अग्रता लिएका छन्। त्यहाँ माओवादीकी गोमा गौतमले ८ हजार ९ सय ९० मत प्राप्त गरेकी छिन्।

चितवन ३ मा विक्रम पाण्डेले १५ हजार १ सय ५३ मतसहित अग्रता लिएका छन्। माओवादीका भोजराज अधिकारीले  ८ हजार ३ सय ८० मत ल्याएका छन्।

झापा ३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेन २१ हजार २ सय  ८९ मत सहित अग्रस्थानमा छन्। त्यहाँ कांग्रेसका कृष्ण सिटौला १८ हजार ४ सय ५२ मत सहित दोस्रो स्थानमा छन्।