राप्रपा मेलुङ गाउँपालिका वडा नं. १ बाट अध्यक्षमा बस्नेतको घोषणा

  • प्रकाशित मिति : April 22, 2022
  • कान्तिपुर सञ्चार

बस्नेत यस पार्टीमा प्रवेश गर्नु अघि नेपाली काग्रेसका कार्यक्रता थिए । तर पनि काग्रेसको हाउभाउ भने उनमा देखिएन, आज पनि उही गाउँ समाज परिवर्तनशिलताका ति क्रान्तिमा होमिनै रहेका छन । अधिकास गाउँका व्यक्तित्वहरुले उनलाई समाजसेविका रुपमा हेर्दै आइरहेका थिए । हिजो समाजसेवा गर्दै आएका यूवा नेता आज अचानक केहि गर्नु पर्छ आफ्नै जन्मभूमिमा भनेर होमिएका छन । यस देशको मुहार फेर्न केहि भोगाई, केहि अनुभव हुनै पर्ने र दिगो बिकास प्रतिको हामी यूवाहरुको सरोकार, चासो अब पुरा गर्नु छ भनेका छन ।

बस्नेत अब आउदो बैशाख ३० लाई लक्षित गरि राष्ट्रिय प्रजातन्त्र पार्टी मेलुङ गाउँपालिका वडा नं. १ पवटीका अध्यक्ष उमेरदाराका रुपमा चयन भइ सकेका छन । प्रत्येक गाउँबासिले उनलाई बधाई तथा शुभकामना आदान प्रदान पनि गरि सकेको बताएका छन । उनले भारि मत प्राप्त गरि बिजय हुने सम्भावना गरेका छन । साथै आफना पालिका भित्र मात्र नभएर दोलखा जिल्ला कै नमुनाका रुपमा पहिलो दिगो विकासलाई ध्यान दिने र यहि गाउँघरमा वा स्थानिय तह भित्रका सम्पूर्ण यूवाहरुलाई पहिलो प्राथमिक्ता दिने बताएका छन । यूवाहरुका लागि नयाँ प्रविधि सगै मुलभुत विषयका कार्य गर्ने बाचा समेत गरेका छन ।

देशको सम्पूर्ण राजनीतिक प्रणाली काम नलाग्ने भएको बताउँदै उनले राजनीतिमा भ्रष्ट प्रवृत्ति महारोग भएको बताए । ५ वर्षका लागि म्यान्डेट पाएको सरकार बीचमा परिवर्तन हुने तथा विभिन्नि समयमा भएका सत्ताको खेलले अहिलेको संघीय तथा राजनीतिक प्रणाली काम नलाग्ने प्रमाणित भएको बस्नेतको भनाइ छ । ‘मुलुकका संवैधानिक अंगहरुबीच नियन्त्रण र सन्तुलन गुमेको छ । मुलुक ठूलो दुर्घटनातर्फ बढिरहेको छ । न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका भित्रका गतिविधि तथा आपसी समन्वय र सन्तुलन प्रतिकूल देखिएको छ,’उनले भने, ‘देश कुनै पनि बेला श्रीलंका बन्न सक्ने खतरामा छ ।’

 

नेता बस्नेतले आफ्नो चक्रब्युह भित्र कैद गर्ने केही सीमित राजनैतिक नेताहरुलाई मुक्त गर्न एउटा योजना र संकल्पसहित आफूहरु आएको उनले बताए । देश असफल राष्ट्र हुनबाट बचाउन र युवा उद्यमशीलता बढाउन आफूहरु केन्द्रित रहेको उनले बताए । ‘कृषिप्रधान देशमा किसानलाई आवश्यक मल, बिउ नै उपलब्ध हुँदैन। उपलब्ध भएपछि उब्जनी भएसँगै त्यसको बजार पाउन नसक्ने अवस्था रहँदैन । छोराहरु अरबियनको नोकर बनाउन पठाउनु पर्ने बाध्यता छ,’ उनले भने, ‘राप्रपा यो अवस्था हटाउने अभियानमा छ ।’