राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र ३ व्यक्ति विच छलफल साथै आचारसंहिता सम्पनः मेलुङ–१

  • प्रकाशित मिति : April 25, 2022
  • कान्तिपुर सञ्चार

राष्ट्रिय प्रजातन्त्र पार्टी भित्र अझ पनि बस्नेत, कोइराला र बुढाथोकी बिच छलफल कायम नै, हिजो शुरु भएको नामदर्ता नामवालीमा दर्ता हुन सकेन । केहि आन्तरिक बिचार धारा नमिल्दा सफल हुन नसकेको बताएका छन् ।

तर आज भने टुङ्गो लगाए रै अघि बढेको बस्नेतको भनाई छ । दिगो बिकास पनि ख्याल पुर्व अघि बढाउने कि न बढाउने, यूवाको सोच र एजेण्डा प्रति कतिको चासो दिने, मेलुङ गाउपलिकाको वडा नं. १ लाई नमुना बनाउन महत्वपूर्ण भुमिका खेल्न सक्ने कि न सक्ने विषयलाई लिएर हाम्रो छलफल चलिनै रहेको हुदा हिजो हाम्रो नाम दर्ता गर्न गारो भएको बताएका छन बस्नेतले,

उनले भने कोइराला र बुढाथोकी विच लामो छलफल पछि मात्र यि विषयमा टुङगो लाग्ने बताएका छन । समाजलाई परिवर्तनको बाटो देखाउनु पर्ने आजको आवश्यक्ता हो । त्यसमा म कटिबद्ध भएर लाग्ने छु । म ढुक्क छु, सवैको साथ र सहयोग लिदै म स्वयम आफ्नो नाम दर्ता गर्ने छु र म प्रति सवैको ठूलो आशा र भरोसा छ पवटी बासीहरुको ।

सबै पार्टीहरुको यस वडा पालिकामा परिक्षण भइसकेको र उहाँहरुको हिजोसम्मको दिगो विकास र मानिसहरु प्रति गर्ने व्यवहार, काम, कर्तव्य र अधिकार कतिसम्म थियो सम्पूर्ण जनताहरुले अनुभव गरि सक्नु भएको छ । उनको भनाई अनुसार नेपाली जनताहरुले आजसम्म १०० सय सङ्ख्याका दरले राजाहरु पाल्दै आएका थिए तर अब भने १०० राजा होइन एक १ राजा पाल्नु ठिक हो भने बुझि सकेका छन र सवैले देखि सकेका छन १००का सङ्ख्याहरुको दिगो सोच, विकास, परिवर्तन कस्तो हुने रहेछ भनेर ।

उनले म समाजसेविका रुपमा अघि बढ्ने बाचा र बन्धन गर्ने छु । समाजका निम्ति अझ युवा, अनुभवि नागरिकहरुसँग भलाकुसारी गर्दै अघि बढने छु ।