लाखौँ खर्च भैसक्दा पनि खानेपानीका लागि दुख कहिले सकिएन, मेलुङ गाउँपालिका वडा नं. १

  • प्रकाशित मिति : June 26, 2022
  • कान्तिपुर सञ्चार

मेलुङ गाउँपालिका वडा नं. १, दोलखा । कथा जस्तै हुदै गएको छ । समाजमा भएको समस्या निरमूल पार्छु भन्दै हिडेका नेता कार्यकर्ता आज आफ्नै फेसबुक सामाजिक सञ्चालमा आफ्ना गाउँका समस्या जस्ताको तस्तै फेरि फोटोमार्फत दर्साउदै छन् ।

भोलि बिहान मेरो पालो छिटो आउछ कि आउदैन भन्दै बस्ने ति खानेपानी समस्याका चपेटामा परेका परिवार विहानै मिरमिरेमा गाग्री बोकेर पानी भर्न लाइन बस्न पुग्ने गर्छन् । छिटो पुगे पानी भर्न पाइन्छ नभए रित्तै गाग्री लिएर फर्किनुपर्छ । वर्षौंदेखि उनीहरुको बिहानीपखको समय गाग्री लिएर हतार हतार पानी भर्न लाइनमा बस्नुपर्ने तालिका बनिसक्यो । मेलुङ गाउँपालिका वडा १ का कयौँ साविक वडा भित्र यस्ता समस्या छन तर यो अहिलेको यथा चित्र साविक १ दयालेखर्क बोहोरा टोल लगाएत अन्य कयौ घरका लागि एउटा धारो छ । त्यसमा पनि जम्मा ३ घण्टाका लागि मात्रै पानी आउँछ ।

अहिले सम्मा परिवर्तन नभएको गाउँ खाने पानीको पालोमा एक गाग्री पानीको लागि बिहान दैनिक पालो कुर्दै बा आमा दिदिबहिनीहरु आफ्ना घरमा भएका भाडाहरु बोकेर धारा तर्फ लाग्ने गरेका छन। वडा सरकारले खानेपानिका लागि भनि बर्षौ बजेट विनियोजित गरिरहेकै छ तर के कारणले यस्तो खालको समस्या आइरहेको छ । कसैले अनुसन्धान भने गरेको छैन । यदि वडा तथा पालिका सरकारसग दिगो विकासे भिजन भएको भए आजसम्म पनि यस्तो खालको समस्या भोगि राख्नु पर्दैनथ्यो ।

मेलुङ गाउँपालिका १ बोहोरा टोलमा ४५ घरका लागि एउटा धारो छ । त्यसमा पनि जम्मा ३ घण्टाका लागि मात्रै पानी आउँछ । यहि एउटा टोलमात्र होइन बिशोकर्म टोल, कोईराला टोलका जनताले महिनाको एक सय तिर्दानी धित मर्ने गरि पानी खान नपाउने कस्तो बिडम्बना ताजै छ । कसले सुनिदिने हो यो मार्का,
हरेक घरको भागमा बिहानको ३ घण्टा पूरै समय धारामा पानी आएको दिन मुस्किलले दैनिक ७ गाग्री पानी भागमा पर्छ । टोलभरिकै लागि एउटा मात्रै धारा भएकाले झिसमिसमै पानी जोहो गर्न पुग्नुपर्ने बाध्यता भएको गाउँलेको भनाइछ । ‘पानी भर्नकै लागि झिसमिसमै लाइनमा बस्न झर्नु पर्ने‚’ ‘कतिले त काम नलाग्ने पानी भर्ने भाँडा पनि राति नै लाइनमा राखेका हुन्छन् । त्यसमै झगडा समेत पर्ने गरेको पाइन्छ ।’ दैनिक ६ देखि ७ गाग्री पानीका लागि मासिक एक सय बुझाउनुपर्ने नियम पनि रहेको गाउँलेहरु बताउछन् ।

वर्षाको समयमा मुस्किलले ३ घण्टा पानी छाडे पनि हिउँदमा निकै समस्या पर्ने गरेको छ । यति मात्र कहा हो र खेतिपातिको समयमा हामीले पानी भर्न पनि मुस्किल पर्छ । बिहान ६ बजेदेखि ९ बजेसम्मका लागि बोहोरा गाउँको एउटा धाराका लागि पानी छाड्ने नियम रहेको त्यसै गाउँका बोहोराले बताए । पानी अभावकै कारण वस्तुभाउ पाल्नसमेत स्थानीयले छाड्दै गएको उनले बताए । ‘पिउनकै लागि पानी भर्न मारामार पर्छ,’ उनले भने, ‘वस्तुभाउका लागि कहाँबाट पानी ल्याउनु, मान्छेकै लागि त एक बिहान जान्छ पानी भर्दा ।’

समय समयमा दिगो विकास प्रति सबै नेता कार्यकर्ताहरुको ध्यान गएको भए आज यो अवश्ता आउने नै थिएन । पटक पटक स्थानीय सरकारसँग खानेपानीको व्यवस्थापनका लागि आग्रह गरे पनि सुनुवाइ नभएको उनले बताए । बोहोरा गाउँ मात्र होइनस छिमेकी सार्की गाउँ, विक टोलका ५६ घरधुरीका लागि जम्मा २ वटा धारा छन् । तर‚ मुहान भने एउटै हो । यी टोलमा पनि बिहान झिसमिसेमै पानी भर्न लाइन बस्नुपर्छ । विक टोलका २८ घरका लागि एउटा धारा छ । सोही धाराको भरमा खानेपानीको जोहो गर्नुपर्ने बाध्यता छ । पानी भर्न सहज होस् भनेर राति नै लगेर थोत्रा भाँडा लाइनमा राख्ने गरेको तारा रसाइलीले बताइन् ।

‘राति लगेर थोत्रा भाँडा राख्ने गरेको छु । त्यो पनि अरुले फाल्दिने र हराउने गर्छ,’ उनले भनिन्, ‘अरु टोलको धारामा पानी भर्न पाइँदैन‚ आफ्नोमा पालो पाउनै मुस्किल पर्छ ।’ खानेपानीको समस्या झेलेको दशक नाघिसकेको उनले बताइन् । यी टोलहरूमा चुनावको बेलामा मुख्य मुद्दा खानेपानीको बन्ने गरेको उनले सुनाइन् । ‘चुनावका बेलामा घरघरै धारा बनाइदिने भन्दै भोट माग्न आउँछन्,’ उनले भनिन्, ‘खानेपानीको समस्या लिएर चुनाव जितेकाहरुकोमा गएमा हार्छौं भन्दै टारिदिने गरेका छन् ।’

‘एक जनाले कति पानी जोहो गर्न र बोक्न सक्छ र १’ उनले भने, ‘बिहानै झिसमिसेमा धारामा गएर लाइन बसेर ५र७ गाग्री पानी भरेर जोहो गर्ने गरेका छौं ।’ यी टोलमा पक्की धारा बनाइएको छैन । गाउँको माथिल्लो भागमा रहेको ट्याङ्कीबाट सिधै पाइपमार्फत पानी टोलमा ल्याइएको छ ।