श्रीलंकालाई आर्थिक संकटबाट बाहिर ल्याउन कांग्रेसको अन्तर्राष्ट्रिय समुदायलाई अपिल

  • प्रकाशित मिति : July 19, 2022
  • कान्तिपुर सञ्चार

साउन ३, काठमाडौँ ।

नेपाली कांग्रेसले श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेकाले यो स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरूलाई अपिल गरेको छ।

आज सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकले श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा सहयोग गर्न आग्रह गर्ने निर्णय गरेको हो।

‘मित्रराष्ट्र श्रीलंकाले गम्भीर आर्थिक संकट व्यहोरिरहेको घटनालाई यो बैठकले संवेदनशीलतापूर्वक लिएको छ,’ कांग्रेसको निर्णयमा भनिएको छ, ‘यो प्रतिकूल स्थितिबाट श्रीलंकालाई बाहिर ल्याउन विकसित राष्ट्रहरू र अन्तर्राष्ट्रिय वित्तिय संस्थाहरूलाई यो बैठक अपिल गर्दछ।’

सार्क राष्ट्रको अध्यक्ष राष्ट्रका रूपमा नेपालले अन्य सबै देशलाई श्रीलंका र त्यहाँका नागरिकले भोग्नुपरेको पीडामा हरसम्भव सहयोग र समन्वयका लागि अग्रसरता लिन पनि कांग्रेसले आग्रह गरेको छ।