डब्ल्यूएचओका महानिर्देशक र राष्ट्रियसभा अध्यक्षबीच भेटवार्ता

  • प्रकाशित मिति : April 22, 2022
  • कान्तिपुर सञ्चार

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा.टेड्रोस अधानोम गेब्रेयससले  राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनासँग भेटवार्ता गरेका छन् । बिहीवार काठमाडौं आइपुगेका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेटेका हुन् । भेटवार्ताको क्रममा नेपालमा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।


भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने कुरामा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुशी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताए । उनले भने– ‘नेपाल आएर खुशी लागेको छ । हाम्रो सहयोग जनस्वास्थ्यका क्षेत्रमा रहिरहनेछ । हामीले सकेको सहयोग नेपाललाई गर्नेछौँ ।’



भेटवार्ताको क्रममा उनले कोभिड– १९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै प्रशंसा गरेका थिए ।