कक्षामा अध्ययनरत छात्रा हुँ । मैले १० वर्षको विद्यार्थी जीवन पार गरेर आज ११ औँ वर्षमा हिडिरहेकी छु । मैले आज सम्म विद्यार्थी जीवनमा भोगेको अथवा विद्यार्थी जीवनमा कस्तो खालको अनुशासन आवश्यकता पर्छ र कति लागु गर्नु पर्छ भन्ने कुरा अनुभव गरेको छु ।
अनुशासन भनेको विद्यार्थी जिवन होस् या मानिसको आम जीवन होस् यसलाई नियमपूर्वक ढङ्गले पालना गर्नु हाम्रो कर्तव्य र जिम्मेवारी हो । अनुशासन भनेको मर्यादामा रहेर नियमको पालना गर्नु हो । तर, परिवार, टोल, छिमेक, समुदाय, विद्यालय, राष्ट्र अन्तराष्ट्रिय रुपमा आ–आफ्नै नियम कानुनहरू हुन्छन् । सबै क्षेत्रमा आ–आफ्नो नियम ऐन अनुसार नियमको पालना गर्नु पर्छ। प्रत्येक दिन शुरु देखि अन्त्यसम्म अनुशासनको पालना गर्नु पर्दछ । यदि नियम विपरित गइ कार्य भयो भने त्यो कार्य उचित ढङ्गले सम्पन्न भएको हुदैन ।
यस मा पढाई पनी एक हो । जसरी प्रकृति आफ्नै नियम पूर्वक चल्छ । दिन पछि रात हुने गर्दछ । घाम लाग्ने पानी पर्ने आदि यि प्रकृतिको नियमा चलि रहेका छन् । त्यसरी नै हरेक व्यक्तिले पनि आफ्नो जीवनमा नियमको पालना गर्नु पर्छ ।
विद्यार्थी जीवनमा अनुशासनको धेरै ठुलो महत्त्व हुन्छ । यसले विद्यार्थीको व्यक्तित्व विकासमा पनि ठूलो भूमिका खेल्छ । अनुशासन विना मानव जीवन वा विद्यार्थी जीवन सफल हुन सक्दैन । विद्यार्थीको सबैभन्दा मूख्य कार्य विद्या आर्जन गर्ने हो । त्यो विद्या आर्जन गर्ने र अरूलाइ नि शिक्षा आर्जनका बारेमा प्रोतशाहन गरी शिक्षित समाजको विकास गर्ने । त्यसका लागी अनुशासन अत्यन्त आवश्यक पर्दछ । भनिन्छ नि अनुशासन विद्यार्थी को गहना हो । यो त हामीलाई अवगत नै छ। अनुशासनले नै विद्यार्थीलाई उज्जवल भविष्यको मार्गमा मार्ग निर्देशन गर्छ । विद्यार्थीहरूले कक्षाकोठा, पढ्दा, खेल खेल्दा, विभिन्न अतिरिक्त क्रियाकलापमा सहभागी हुदा अनुशासनको पालना गर्नु पर्दछ। विद्यालयमा मात्र नभई घर छिमेक तथा समाजमा पनि आफुले अनुशासीत रुपमा त्यसको पालना गर्नु पर्दछ आफ्नो व्यक्तित्व र दैनिक कार्यहरु गर्दा पनि अनुशासन नही चाहिन्छ । एउटा अनुशासित
विद्यार्थीले ठुलालाई आदर गर्नु र सानालाई माया गर्नु, गुरु तथा गुरुआमा हरुको आज्ञा पालना गर्नु, इमानदार भई अध्ययन गर्नु, समयको सहि सदुपयोग गरी कक्षा कार्य वा गृहकार्य समाप्त गर्ने, शिष्ट र नम्रतापूर्वक बोल्नु, साथीहरू सँग मिलेर रचनात्मक कार्य गर्नु पर्दछ । तबमात्र जीवनमा सफलता हाँसिल गर्न सकिन्छ । अनुशासनले व्यक्तिमा माया, प्रेम, सधभाव , शिष्टाचार, विनम्रता सोभाव आदि जस्ता असल गुणको विकास गराउछ । अर्को तर्फ, लोभ, रिस, इर्ष्या, अहंकार, क्रोध आदी जस्ता विकारलाई अन्त्य गर्दछ । त्यसैगरी अनुशासनले मानवजीवन वा विद्यार्थी जीवनमा आइपर्ने ठुला, साना चुनौतिको सामना गर्न सक्ने क्षमताको विकास गराउछ ।
आजको विद्यार्थी भनेका भोलिका कर्णधार हुन्। देशको भविष्य विद्यार्थीको हातमा छ । वर्तमान परिस्थीतिमा हाम्रो देश विभिन्न संकटले घेरेको छ देश चलाउने नेताहरुले नैतिकता र अनुसासन भुल्दै गएका छन् । आफ्नो मर्यादा भन्दा बढी रहेर अनैतिक कार्यहरू काम गरिरहेका छन् । आफ्नै मन मर्झिले विभिन्न संकट उत्पन्न कार्यहरु देशमा भित्राइरहेका छन्। हाम्रो देशलाई अनुशासित र निष्ठावान नेतृत्वको खाचो छ । त्यसकारण सबै विद्यार्थीहरू अनुशासीत भएर मेहनतका साथ आफ्नो अध्ययनमा रुचि राखी पढाइलाई अग्रसरता अध्ययनमा दिनुपर्छ। यो अत्यन्त आवश्यकताको विषय हो ।
अनुशासीत व्यक्तिलाई सबैले मन पराउछन् र उसको व्यवहारले आफ्नो परिवार, नातेदार, साथी संगि तथा सहकर्मी सबैलाई सुमार्गमा अग्रसर गराउछ र सफलताको शिखरमा लैजान मद्दत र प्रेरित गर्छ त्यसका साथै । भोलि गएर देशको एउटा असल र जिम्मेवार नागरिक बन्न सक्दछन्। सबै नागरिक बन्न सक्दछन। सबै नागरिक अनुशासीत भएमा मात्र देशमा अमन चयन, शान्ति, सुरक्षा कायम भइ देश दिगो गतिमा विकसित चाडैनै समृद्धशील बन्ने छ।
त्यसकारण विद्यार्थी जीवन देखि नै अनुशासीत भएर अघि बढेमा जीवनमा सधै भरी मान, सम्मान, इज्जत प्राप्त गरी आफुर आफ्नो परिवार लगायत सिङ्गो राष्ट्रनै सुखी र समृद्ध बनाउन सकिन्छ । हरेक व्यक्तिको उज्जवल भविष्य निर्माणका लागि वर्तमान समयको सदुपयोग गरी भविष्यलाई सकारात्मक बनाउन विद्यार्थी जीवनमा अनुशासन को पालना गर्नु अति आवश्यक रहेको छ ।